back
CTIZAN AD

‘प्रचण्डले ‘अभियोगपत्र’मार्फत पार्टी विभाजनको अनौपचारिक घोषणा गरे’

वि.सं.२०७७ मंसिर १३ शनिवार

786 

shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनौपचारिक रुपमा पार्टी विभाजन भईसकेको बताएका छन् । उनका अनुसार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएको प्रस्ताव ‘अभियोगपत्र’ले नेकपा अनौपचारिक रुपमा विभाजित भईसकेको हो ।

शनिबारको सचिवालय बैठकमा ओलीले प्रस्तुत गरेको जवाफी प्रतिवेदनमा भनिएको छ – ‘तपाईंको यो ‘प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको ‘अभियोगपत्र’ हो र यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ।’

ओलीका अनुसार प्रचण्डले अघि सारको प्रस्तावले पार्टी एकतापूर्व, एकतापश्चात गरिएका समग्र सहमती तथा समझदारी तोडेको छ । साथै पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन, विधानलगायत यसअघिका अभ्यासलाई उल्लंघन गरेको छ ।

‘पार्टी एकीकरण अगाडिका, त्यस क्रममा भएका र त्यस यताका समग्र समझदारी र सोच विपरीत, आम निर्वाचनका क्रममा जनतामाझ गरिएका सङ्कल्पका विपरीत, पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन, अन्तरिम विधान, एकीकरणको घोषणाको भावना तथा प्रावधान विपरीत एवं आम पार्टी पङ्क्ति, समर्थक–शुभचिन्तक र राजनीतिक स्थायित्वका पक्षधर आम जनताको चाहना विपरीतको यस ‘प्रस्ताव’ ले देशैभरि चिन्ता फैलाइदिएको छ।’, ओलीले राखेको प्रस्तावमा भनिएको छ ।

ओलीका अनुसार प्रचण्डको प्रस्तावले राजनीतिक अस्थिरताका पक्षधरहरु हौसिएका छन् । ओलीको प्रस्तावमा भनिएको छ ‘राजनीतिक अस्थिरताका पक्षधरहरु हौसिएका छन्। तपाईँको झुठो आरोप– पत्र हात–हातमा बोकेर विपक्षीहरु हिँड्न थालेको देखिसक्नु भएको होला। उनीहरु दङ्ग होलान्– नेकपालाई खुइल्याउन हामीले त केही गर्नै नपर्ने भयो १ जनता भने पीडामा छन्। यो यति गंभीर विषय हो, जसलाई यस्तै हो भनेर छाड्न मिल्दैन।’

ओलीले प्रचण्डलाई आफुँमाथि लगाएको आरोपको पुष्टि गर्न चुनौति दिएका छन् । ‘यति गम्भीर आरोप लागेको मान्छे ‘आत्मालोचना’ गरेर पनि उम्किन सक्दैन, आरोप पुष्टि हुँदा ऊ राज्यको कानुन र पार्टीको विधान अनुसार कार्बाहीको भागिदार बन्नु पर्छ। तपाईंलाई मेरो चुनौती छ– कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधान अनुसार मलाई कार्बाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस्’, उनले प्रस्तावमा भनेका छन् ।

सम्बन्धित समाचार

प्रचण्डको आरोपलाई खण्डन गर्दै ओलीले प्रस्तुत गरे यस्तो प्रस्ताव (पूर्णंपाठसहित)

वि.सं.२०७७ मंसिर १३ शनिवार १७:०४ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...