back
CTIZAN AD

आज देशैभरी १३८० जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा ६४५ जना

वि.सं.२०७७ मंसिर १३ शनिवार

780 

shares

१३ मंसिर काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ६४५ जनासहित देशैभरी १३८० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, उदयपुरमा २, ओखलढुंगामा ६, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा १, तेह्रथुममा १, भोजपुरमा ३, धनकुटामा ३, पाँचथरमा ६, मोरङमा ४१, संखुवासभा १ र सुनसरीमा ५९ गरी प्रदेशमा १९५ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ११, पर्सा, बारा, महोत्तरी र रौतहटमा १\१ जना, सप्तरीमा ७, सर्लाहीमा ६ र सिराहामा ९ जना गरी प्रदेशमा आज ३७ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ४८५, काभ्रेपलान्चोकमा १९, चितवनमा १३, दोलखामा ९, धादिङमा १५, नुवाकोटमा १८, भक्तपुरमा ३६, मकवानपुरमा १५, रामेछापमा ६, ललितपुरमा १२४, सिन्धुपाल्चोकमा ५ र सिन्धुलीमा २ जना गरी प्रदेशमा आज ७४७ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ११८, गोरखामा १३, तनहुँमा २२, नवलपरासीपूर्वमा १, पर्वतमा २, मुस्ताङ २, म्याग्दीमा ३, लमजुङमा २४, बागलुङमा .१९ र स्याङजामा १७ जना गरी प्रदेशमा आज २२१ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा १३, गुल्मीमा ८, दाङमा ४, नवलपरासीमा १७, पाल्पामा १५, प्युठानमा ३, बर्दियामा १३, बाँकेमा ३७, रुपन्देहीमा ५८ र रोल्पामा १ जना गरी प्रदेशमा आज जम्मा १७१ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा १ जना र सुदूरपश्चिम प्रदेशको अछाम र डडेल्धुरामा ४/४ जना गरी प्रदेशमा ८ जना थपिएसँगै देशैभरी १३८० जना संक्रमति थपिएका हुन् । जसमा महिला ५४६ र पुरुष ८३४ जना रहेका छन् ।

आज थपिएका १३८० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ८२२ सहित देशैभरी १७०३ जनामा कोरोना संक्रमण

 

वि.सं.२०७७ मंसिर १३ शनिवार १६:५७ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...