back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ८२२ सहित देशैभरी १७०३ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ मंसिर १२ शुक्रवार

771 

shares

१२ मंसिर, काठमाडौं नेपालमा आज काठमाडौं उपत्यकाका ८२२ जनासहित देशैभरी १७०३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५९९, ललितपुरमा १६० र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ९६, ताप्लेजुङमा २, पाँचथर २, भोजपुरमा २, धनकुटामा १, मोरङमा १०९, संखुवासभा १ र सुनसरीमा ३९ गरी प्रदेशमा जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ११, पर्सामा ९, बारामा ६, महोत्तरीमा ४, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा ६ र सिराहामा ९ जना गरी प्रदेशमा आज ५६ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ५९९, काभ्रेपलान्चोकमा २८, चितवनमा २५, दोलखामा १०, धादिङमा ७, नुवाकोटमा १६, भक्तपुरमा ६३, मकवानपुरमा २१, रसुवामा १, ललितपुरमा १६०, सिन्धुपाल्चोकमा ६ र सिन्धुलीमा ४ जना गरी प्रदेशमा आज ९४० जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ५४, गोरखामा ८, तनहुँमा १५, नवलपरासीपूर्वमा ४, पर्वतमा १०, लमजुमा ५ र स्याङजामा १० जना गरी प्रदेशमा आज १०६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ११, गुल्मीमा ११, दाङमा ४५, नवलपरासीमा १५, पाल्पामा १७, प्युठानमा ३, बर्दियामा २३, बाँकेमा २६, रुपन्देहीमा ७० र रोल्पामा २ जना गरी प्रदेशमा आज जम्मा २२४ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा ४, जुम्लामा ९ दैलेखमा ८, मुगुमा २, रुकुममा १, सल्यानमा ६ र सुर्खेतमा ४ गरी प्रदेशमा आज ३४ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ८, कन्चनपुरमा १२,कैलालीमा ३७, डडेल्धुरामा ६, डोटीमा १, दार्चुलामा १, बझाङमा ८ र बैतडीमा ११ गरी प्रदेशमा आज ८४ जना थपिएसँगै देशैभरी १७०३ जना संक्रमति थपिएका हुन् । जसमा महिला ३९६ र पुरुष १००७ जना रहेका छन् ।

आज थपिएका १७०३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।

वि.सं.२०७७ मंसिर १२ शुक्रवार १६:३६ मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...