
१३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ५१३ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ५१३ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका ५१३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ११ हजार १८३ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ९१.५ प्रतिशत हो ।
आज १२३६ जना कोरोना संक्रमित निको भए, यस्तो छ हालसम्म निको हुनेको प्रदेश विवरण