
१२ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १२३६ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १२३६ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका १२३६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख १० हजार ६७१ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ९१.९ प्रतिशत हो ।
कु्न प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा २४,७७७, प्रदेश २ मा १९,३६७, बागमती प्रदेशमा १,१३,८०५, गण्डकी प्रदेशमा १२,२३६, लुम्बिनी प्रदेशमा २३,४००, कर्णाली प्रदेशमा ५,९२८ र सुदूरपश्चिम प्रदेशमा ११,१५८ गरी देशैभरी हालसम्म २ लाख १० हजार ६७१ जना निको भएका हुन् ।