back
CTIZAN AD

प्रवासबाट नेकपाका नेताहरुलाई खुल्ला पत्र : एक आपसमा लड्नेभन्दा लडाउनेलाई पहिचान गरौं !

वि.सं.२०७७ मंसिर १२ शुक्रवार

630 

shares

प्रिय कमरेडहरू, अभिवादन ।

नेपालका दुई ठूला र महत्वपूर्ण कम्युनिष्ट पार्टीहरू नेकपा एमाले र एनेकपा माओवादीको बिचमा भएको ऐतिहासिक एकतापश्चात् आम नेपाली जनता र समाजवादी समाजको सपना देख्नेहरूको जीवनमा आएको खुशियाली पनि अभूतपूर्व थियो । तर, नेकपाका शीर्ष तहमा रहेका भनिएका नेताहरूकै कारण निकट बिगतको त्यो खुशियाली धेरै समय टिकिरहन सकेन । शीर्ष तहकै पुराना नेताहरुको व्यवहारका कारण पार्टी एकता र दुई तिहाई बहुमतको सरकार क्रमशः कमजोर हुँदै गइरहेको कुरा जनता सामु छर्लङ्ग छ ।

खास गरेर कोभिड(१९)को चपेटापछि नेपालको कम्युनिस्ट आन्दोलनामाथि नै प्रश्न उठ्ने गरी पार्टीको माथिल्लो निकायमा भैरहेको बिधि, पद्दति, संस्कार र अनुशासनबिहीन क्रियाकलापले सम्पूर्ण पार्टीपंक्ति नै सिथिल छ । यससँगै पार्टी नेताहरु आग्रह–पूर्वाग्रह मिश्रित गुटगत गतिबिधि, अनुशासनहीनता र व्यक्तिगत ताबेदारीमा तल्लीन देखिएका छन् ।

यतिबेला ‘सर्प देख्दा दुलो बाहिर हात, माछा देख्दा दुलो भित्र हात’ भन्ने नेपाली उखानसँग मिल्दोजुल्दो भएको छ कार्यकर्ताहरूको मनोविज्ञान । गुट र व्यक्ति केन्द्रित फाइदामा भासिएर लामो समय एउटै आन्दोलनमा सरिक कमरेडहरू निम्न स्तरको गालीगलौजमा उत्रिएका छन् । पार्टीका जिम्मेवार कामरेडहरुले सामाजिक सञ्जाल, सार्वजनिक मन्तव्य र पार्टीका फोरम समेतमा नराम्ररी आफ्नो सक्कली अनुहार देखाइ रहेका छन् । बिगतमा स्तुतिगान, गुट र चाकडीकै भरमा जिम्मेवारी हाँसिल गरेका साथीहरू पछिल्लो समयमा अझ बढी उत्तेजित भएर गुटको पहरेदारी गर्दै पार्टी एकताबिरूद्ध बिषबमन गरिरहेका छन् ।

यसले जनता र तल्लो तहका कार्यकर्ताहरुमा विभाजनको रेखा झन् कोरिने र निराशा उत्पन्न हुने स्थिति आउँछ । आम नेपाली जनताले बुझेजस्तै हाम्रो पार्टी नेकपा अहिले चरम संकटको अवस्थामा आइपुगेको छ । कम्युनिष्ट पार्टीमा विचारको बहश हुन्छ र हुनुपर्छ । तर, हाम्रो पार्टीमा यो समय विचारको बहश छैन । समस्या छ त केवल पार्टीको बिधि, रणनीति र कार्यनीतिभन्दा बाहिर नेताहरुको व्यवस्थापनमा । कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन गर्न आतुर माफिया हुन् ।

यो आत्मकेन्द्रित भागबण्डाको लडाइँमा पनि खराब पक्षलाई नै पुरानो नेतृत्वले हर्ताकर्ता बनाएको छ । पार्टीभित्र बिचौलियातन्त्र हाबी भएको छ, उच्च निकायका नेताहरू सरकार र पार्टी दुबैतिर निर्णायक भूमिकामा छन् । उनीहरुका क्रियाकलापले कार्यकता र शुभेच्छुकहरुलाई झन् उत्तेजनामा ल्याइरहेको छ, पार्टीको समस्या झन् बढाइरहेको छ । नयाँ जोश, जाँगर, विचार र नेतृत्वका पक्षमा बहश गर्नुपर्ने ठाउँमा कार्यकर्तालाई हनुमाने शैलीमा रक्षाकवच बनाइएको छ ।

कमरेडहरु,

यहाँनेर संसारकै मेहनती जातमा गनिने कमिलाको प्रकृतिको एउटा उदाहरण उपयुक्त हुन्छ । एउटा काँचको ठुलो सिसीभित्र १००÷१०० वटा राता र काला कमिला राखेर हेरौं । त्यहाँ केही पनि नराम्रो हुँदैन, दुबै जातका कमिला मिलेरै बसेका हुन्छन् । तर, त्यो सिसी हातमा लिएर मान्छेले एक पटक मात्र जथाभावी हल्लाएर टेबुलमा राखिदिएमा स्थिति ठीक उल्टो हुन्छ । त्यहाँ काला र राता कमिला एक आपसमा लडाईं शुरू गर्छन्, सकेसम्म एउटाले अर्कोलाई मार्न थाल्नेछन् । रातो कमिलाले कालोलाई र कालो कमिलाले रातोलाई शत्रु ठान्नेछन् ।

विचराहरुलाई आफ्नो शत्रु काँचको भाँडो हल्लाउने मानिस हो भन्ने पनि थाहा हुँदैन । अहिले हाम्रो समाज र पार्टीको हकमा पनि यही तीतो सत्य लागु भएको छ । मुलुकमा एक जातिबिरूद्ध अर्को जाति, एक पार्टीबिरूद्ध अर्को पार्टी अनि अझ हाम्रो पार्टीको हकमा चाहीँ एउटा गुटबिरूद्ध अर्को गुट प्रयोग भइरहेका छन् । हामीलाई दलाल पुँजीवादले एउटा बन्द सिसी भित्र राखेर यसरी नै हल्लाइरहेको छ ।

कमरेडहरू !

हामीले यति बेला यसरी एक आपसमा लड्नु भन्दा पहिला त्यो सिसी हल्लाउने दलाल पुँजीवादको नोकरको पहिचान गर्न जरुरी छ । कमरेडहरु यो घडीमा हामी सावधानी अपनाऔं, संयमित होऔं र नआत्तिऔं । नबहकिऔं र अरुलाई पनि नबहकाऔं । पार्टी एकताको मर्मलाई ध्यान दिँदै समाजवादमा पुग्ने नेपाली जनताको सपनाको कदर गरौं । आफ्नै गौरवपूर्ण विगतको कदर गर्दै सचेत हुनुपर्ने यो जटिल समयमा एक आपसमा आफ्नै पार्टीका नेता, कार्यकर्तालाई संकेत गरेर सामाजिक सञ्जाल र कुनै पनि संचार माध्यमहरुमा अभिव्यक्ति नदिन प्रवासी नेपाली एकता मञ्च युकेका सदस्य एवम् शुभचिन्तकहरूलाई सचेत रहन आग्रह गर्न चाहन्छौं ।

न्यानो अभिवादनसहित,

राजेन्द्र पुडासैनी– अध्यक्ष, सुरेश गौतम– सचिव
प्रवासी नेपाली एकता मञ्च युके

वि.सं.२०७७ मंसिर १२ शुक्रवार १६:४४ मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...