back
CTIZAN AD

पर्यटकको पर्खाईमा कञ्चनजङ्गा पदमार्गका होटल व्यवसायीहरु

वि.सं.२०७७ मंसिर १४ आइतवार

798 

shares

१४ मङ्सिर, ताप्लेजुङ । विगतका वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याइनभ्याइ हुने घुन्साका होटल व्यवसायी पासाङ छाम्जोक शेर्पा गएको चैतदेखि नै फुर्सदमा छन् ।

गत चैतमा नै पर्यटकका लागि आवश्यक खाद्यान्नलगायतका सामग्री जोहो गरेर पर्यटकको पर्खाईमा बसेका उनी पर्यटक नै नआएपछि फुर्सदिलो बनेको हो ।

“यस मौसममा हाम्रो होटलमा फाट्टफुट्ट स्वदेशी र विदेशी चार जनाबाहेक पर्यटक आएका छैनन, चैतमा नै होटलमा चाहिने सामान जोहो गरेर बसियो, पर्यटक नआएपछि फुर्सदमै दिन बित्यो”, उनले बताए । कञ्चनजङ्गाको प्रवेशद्वार मानिने घुन्सामा सात वटा होटल छन् ।

सबै होटलले चैतमा नै आवश्यक सामान जोहो गरे र पर्यटकको सेवाका लागि तयार भए । तर यो वर्ष कोरोना सङ्क्रमणका कारण पर्यटकको आगमन नहुँदा ती होटल सुनसान देखिन्छन् ।

सधैँका वर्षमा पर्यटकले खचाखच हुने होटल चैतमा नै ल्याइएका खाद्यान्नलगायतका सामानले भरिएका देखिन्छन् । घुन्साका मात्रै नभई तीभन्दा तलका बस्ती फले, ग्याब्ला, आम्जिलेसा, सेखाथुमलगायतका होटलसमेत सुनसान देखिन्छन् ।

यस मौसममा जम्मा १२ जना विदेशी पर्यटक आएको घुन्साका टाँसी तेञ्जिङले जानकारी दिए ।

“सधैँका वर्षमा पाँच÷छ सय विदेशी पर्यटक आउँथे, दुवै मौसममा यहाँका होटल भरिभराउ हुन्थे, राम्रै आमदानी हुन्थ्यो तर यो मौसममा १२ जना विदेशी पर्यटक र फाट्टफुट्ट स्वदेशी पर्यटक मात्र आए”, उनले भने ।

कञ्चनजङ्गा पदमार्गमा पर्ने विभिन्न बस्तीमा ठूलो लगानीका साथ होटल खोलिएका छन् । पछिल्लो समयमा वन्यजन्तुको आक्रमण, खर्क अभावलगायतले पशुपालन र उत्पादन न्यून हुँदै गएपछि आलुखेतीबाट दिक्क भएका स्थानीय होटल तथा पसल सञ्चालनमा केन्द्रित छन् ।

तर यो वर्ष सङ्क्रमणकै कारण पर्यटक नआउँदा भने आयस्रोतको बाटो नै बन्द भएको स्थानीय बताउँछन् ।

“पर्यटक नआउँदा होटल व्यवसायी मात्रै नभई समग्र यहाँका बासिन्दाको आम्दानी घटेको छ, त्यसमाथि यो वर्ष आलु उत्पादनसमेत राम्रो भएन, यसले आर्थिक मन्दी आउने भयो”, तेञ्जिङ शेर्पाले भने ।

व्यसाय ठप्प हुँदा साहुबाट लिएको सामानको ऋण बुझाउनसमेत समस्या भएको स्थानीयवासीले बताए । मौसम शुरु हुनुअघि सदरमुकामलगायतका ठाउँबाट आवश्यक सामान लैजाने र मौसमको अन्तिममा साहु तिर्ने गरिए पनि यस वर्ष गत चैतमै जम्मा भएको खाद्यान्नलगायतका सामान अहिलेसम्म जस्ताकोतस्तै रहँदा समस्या भएको होटल व्यवसायीले बताएका हुन् ।

कोरोना सङ्क्रमणका कारण चैतदेखि नै लकडाउन शुरु भएको थियो । चैतदेखि जेठसम्म पर्यटक आउने मौसम भएकाले कतिपयले चैतअघि नै सामानको जोहो गरेका थिए ।

कञ्चनजङ्गा पदमार्गमा पर्ने सेखाथुमदेखि घुन्सासम्ममा एक दर्जन बढी होटल रहेका छन् । उता पदमार्गमा नै पर्ने खम्बाचेन, लोनाकलगायतका होटलसमेत यो वर्ष सुनसान छन् ।
रासस

वि.सं.२०७७ मंसिर १४ आइतवार १०:३० मा प्रकाशित

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...