
१४ मंसिर, काठमाडौँ । अष्ट ज अभियान नेपालका केन्द्रीय अभियन्ता प्रकाश नेपाल अष्ट ज कृषि सहकारीको अध्यक्षमा सर्वसम्मत भएका छन् ।
२०७७ कार्तिक २२ गते भर्चुअल विधिमा शुरु भै मंसिर ११ मा सम्पन्न सो सहकारीको आठौँ साधारणसभाले नेपाल सहित नयाँ सञ्चालक समिति चयन गरेको हो ।
अष्ट ज अभियान नेपालका अध्यक्ष लोककृष्ण भट्टराई प्रमुख संरक्षक र निवर्तमान अध्यक्ष रुद्र शर्मा संरक्षक रहेको सो समितिको उपाध्यक्षमा रुपा दवाडी, सचिवमा हरि भुषाल, कोषाध्यक्षमा मोदनाथ दंगाल र सदस्यमा चन्द्रिका राना थापा, चन्द्र प्रसाद पौडेल, सितादेवी खनाल देवकोटा, सिताराम पराजुली र राजन गोतामे रहेका छन् ।
यसैगरी हिमांचलराज भट्टराईको संयोजकत्वमा एक सल्लाहकार समिति पनि बनाइएको छ, जसमा प्रा.डा दुर्गादत्त पौडेल, ख्याम शर्मा पौडेल, डा. विष्णु चापागाईं, नीलकण्ठ तिवारी, केपी पाठक, कुश्माखर अधिकारी, प्रेमसागर पौडेल, माधव गजुरेल, जगन्नाथ काफ्ले, पुष्पलाल मोक्तान, युवराज भण्डारी, चन्द्रकला बास्तोला, सागर घिमिरे, वामदेव गौलि लगायतका व्यक्तित्वहरु रहेको बताइएको छ । यसैगरी लेखा समितिको संयोजकमा गुणकान्त दवाडी तथा सदस्यहरुमा नविना खड्का र पुस्कर केसी रहेका छन् भने अन्य उपसमितिहरुमा विभिन्न व्यक्तिहरु रहेको बताइएको छ ।
सहकारीका नवनिर्वाचित सचिव हरिनाथ भुसालले बताए अनुसार उत्पादक देखि उपभोक्ता सम्म ‘उ देखि ऊ सम्म’ लाई नै केन्द्रमा राखेर सहकारीले व्यवसायिक परियोजना अघि बढाउने छ । उनका अनुसार संस्थाको कार्यालय हाल नेपाल हाउस हात्तिसार परिसरमा रहेको छ ।