back
CTIZAN AD

अष्ट ज सहकारीमा प्रकाश नेपाल अध्यक्ष

वि.सं.२०७७ मंसिर १४ आइतवार

849 

shares

१४ मंसिर, काठमाडौँ । अष्ट ज अभियान नेपालका केन्द्रीय अभियन्ता प्रकाश नेपाल अष्ट ज कृषि सहकारीको अध्यक्षमा सर्वसम्मत भएका छन् ।
२०७७ कार्तिक २२ गते भर्चुअल विधिमा शुरु भै मंसिर ११ मा सम्पन्न सो सहकारीको आठौँ साधारणसभाले नेपाल सहित नयाँ सञ्चालक समिति चयन गरेको हो ।

अष्ट ज अभियान नेपालका अध्यक्ष लोककृष्ण भट्टराई प्रमुख संरक्षक र निवर्तमान अध्यक्ष रुद्र शर्मा संरक्षक रहेको सो समितिको उपाध्यक्षमा रुपा दवाडी, सचिवमा हरि भुषाल, कोषाध्यक्षमा मोदनाथ दंगाल र सदस्यमा चन्द्रिका राना थापा, चन्द्र प्रसाद पौडेल, सितादेवी खनाल देवकोटा, सिताराम पराजुली र राजन गोतामे रहेका छन् ।

यसैगरी हिमांचलराज भट्टराईको संयोजकत्वमा एक सल्लाहकार समिति पनि बनाइएको छ, जसमा प्रा.डा दुर्गादत्त पौडेल, ख्याम शर्मा पौडेल, डा. विष्णु चापागाईं, नीलकण्ठ तिवारी, केपी पाठक, कुश्माखर अधिकारी, प्रेमसागर पौडेल, माधव गजुरेल, जगन्नाथ काफ्ले, पुष्पलाल मोक्तान, युवराज भण्डारी, चन्द्रकला बास्तोला, सागर घिमिरे, वामदेव गौलि लगायतका व्यक्तित्वहरु रहेको बताइएको छ । यसैगरी लेखा समितिको संयोजकमा गुणकान्त दवाडी तथा सदस्यहरुमा नविना खड्का र पुस्कर केसी रहेका छन् भने अन्य उपसमितिहरुमा विभिन्न व्यक्तिहरु रहेको बताइएको छ ।

सहकारीका नवनिर्वाचित सचिव हरिनाथ भुसालले बताए अनुसार उत्पादक देखि उपभोक्ता सम्म ‘उ देखि ऊ सम्म’ लाई नै केन्द्रमा राखेर सहकारीले व्यवसायिक परियोजना अघि बढाउने छ । उनका अनुसार संस्थाको कार्यालय हाल नेपाल हाउस हात्तिसार परिसरमा रहेको छ ।

वि.सं.२०७७ मंसिर १४ आइतवार १०:४३ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...