back
CTIZAN AD

कोरोना संक्रमणबाट रुपन्देहीमा थप २ जनाको मृत्यु

वि.सं.२०७७ मंसिर १४ आइतवार

795 

shares

१४ मंसिर, काठमार्डौं । रुपन्देहीमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं ७ का ४२ वर्षीय पुरुषको शनिबार राति ११ः२५ मा मृत्यु भएको हो ।

मंसिर ५ गते कोरोना पोजेटिभ भएपछि अस्पतालमा भर्ना भएका उनमा ज्वरो, मिर्गौलाको समस्या र श्वास प्रस्वासमा समस्या देखिएको थियो ।

त्यसैगरी बुद्धभूमि नगरपालिका वडा नं २ गोरसिङ्गे कपिलवस्तुका ७४ वर्षीय पुरुषको पनि उपचारका क्रममा शनिबार १०ः२० मा मृत्यु भएको हो ।

मंसिर ९ गते कोरोना पुष्टि भएपछि सोहि दिन नै अस्पतालमा भर्ना भएर उपचार गराएका उनमा ज्वरो, निमोनिया, मिर्गौला रोग र स्वास प्रस्वासमा समस्या रहेको पनि अस्पतालले जानकारी दिएको छ ।

 

वि.सं.२०७७ मंसिर १४ आइतवार १२:२१ मा प्रकाशित

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...