
१४ मंसिर, काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलाई पोसिलो खानेकुरा वितरण गर्नको लागि आर्थिक सहयोग गरेको छ ।
बैंकको सहयोग अन्तर्गत बदिर्या, कपिलवस्तु र नवलपरासी पश्चिम क्षेत्रका विजयपुर , पालिनन्दन, प्रतापपुर र सुस्ता गाउँपीलका बालबालीकालाई ६० दिन सम्म का लागि पोषणयुक्त्त खानेकुरा वितरण गरिने छ ।
आइतबार यस सम्बन्घमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्यायबीच समझदारीपत्रमा एक कार्यक्रम हस्ताक्षर भएको छ ।
सो अवसरमा बैंकले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद, वित्तीय साक्षरता लगायतको क्षेत्रमा मात्र नभएर बालबिालिकालाई पोषणयुक्त खानेकुरा वितरणमा पनि बैंकले सिएसआर मार्फत सहयोग गरेको जनाएको छ ।