१४ मंसिर, काठमाडौं । गण्डकी प्रदेशमा थप १०४ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज गोरखामा १८, कास्कीमा ५७, लमजुङमा २, नवलपरासीपूर्वमा १२, पर्वतमा २, तनहुँमा १० जना र स्याङजामा ३ जना संक्रमित थपिएका हुन् ।
आज थपिएका १०४ जनासँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ९६७ पुगेको छ ।
वि.सं.२०७७ मंसिर १४ आइतवार १३:१९ मा प्रकाशित






























