back
CTIZAN AD

माछापुच्छ्रे बैंकले बोलायो पुस २ गते साधारणसभा

वि.सं.२०७७ मंसिर १४ आइतवार

723 

shares

१४ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको लाभांश पारित गर्न पुनः २२ औं साधारणसभा आह्वान गरेको छ। बैंकले पुस २ गते होटल पोखरा ग्रान्डमा विहान ११ बजे साधारणसभा बोलाएको हो।

बैंकले यसअघि कार्तिक ६ गते साधारणसभा बोलाएकोमा कोरोना संक्रमण बढैँगएको र चार्डपर्वको समय परेकाले सभा स्थगित गरेको थियो । यस अघि तय गरेकै प्रस्तावहरु सभाले पारित गर्नेछन् । सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई यो वर्ष ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत कर सहित नगद लाभांश गरी कुल १०.४० प्रतिशत लाभांश पारित गर्नेछ ।

सभाले लाभांश सहित अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न तथा बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त बैंक देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको नियुक्त गर्ने प्रस्ताव पनि रहेको छ।

साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गरेको छ । यस आधारमा असोज २१ गतेसम्म कारोबार भई कायम रहेका शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन्।

सभामा भिडियो कन्फ्रेन्स मार्फत उपस्थित हुने शेयरधनीहरुलाई मिटिङ्ग आईडि र पासकोड उपलब्ध गराइने बैंकले बताएको छ।

वि.सं.२०७७ मंसिर १४ आइतवार १३:११ मा प्रकाशित

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...