back
CTIZAN AD

सांसदहरुलाई अध्यक्ष तिमिल्सिनाकाे आग्रह – कोरोना नियन्त्रणमा सक्रिय भूमिका देखाउनुस्

वि.सं.२०७७ मंसिर १४ आइतवार

714 

shares

विराटनगर । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदहरुलाई आग्रह गरेका छन् । विराटनगरमा आइतबार प्रदेश नं १ का मुख्यमन्त्रीसहित सांसदहरु सहभागी ‘कोभिड-१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्ताे आग्रह गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले कोरोनाको मेडिकल उपचार निश्चित नभएकाले यसको नियन्त्रणका लागि स्वास्थ्यकर्मी सँगै जनचेतना फैलाउने कुरामा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए । ‘कोरोना सुरु हुँदा सरकारले गरेको लकडाउन पालना गराउन हामीले आफ्ना जनतालाई घरमै बस्न आग्रह गर्‍यौं,’ उनले भने, ‘संक्रमण फैलिएको मुलुकबाट विद्यार्थी ल्याउँदा जनता के हुने हो भनेर आतंकित भइरहेको अवस्था थियो। अहिले संक्रमण लाखौंमा पुगिसकेको छ। यो अवस्थामा हामी आतंकित नभईँ सचेत हुन जरुरी छ।’

अध्यक्ष तिमिल्सिनाले कोरोना नियन्त्रण प्रभावकारी बनाउन जनप्रतिनिधि अगाडि सरेको मुलुकले सफलता प्राप्त गरेको अनुभव रहेको जानकारी गराउँदै नेपालमा पनि सांसद, स्थानीय तहका प्रतिनिधि र राजनीतिक दलका संगठनहरु जनतामा पुग्नुपर्ने धारणा राखे ।

‘यो महामारी अहिले मानव जातीको चुनौती हो। यसकाविरुद्ध सबै एक भएर लड्नुपर्छ,’ उनले भने, ‘समाजमा अफ्ट्यारो परेको बेला आफ्नो भूमिका देखाउन जनप्रतिनिध, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्रलगायत सबैलाई यो एउटा अवसर पनि हो।’

कोरोना महामारीको हालसम्म कुनै उपचार नभएकाले यसको नियन्त्रणका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए ।

‘रोग नियन्त्रणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीको भूमिका पक्कै हुन्छ,’ उनले भने, ‘तर, उपचार नभएको कोरोना जस्ता महामारीमा दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने र साबुन पानीले हात धुँने वा स्यानिटाइजर प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्डको प्रयोग गर्ने महत्वपूर्ण रैछ। यसका लागि सचेतना आवश्यक छ।’

उनले कोरोनाको महामारी सुरु हुँदा संघ, प्रदेश र स्थानीय सरकारले जनतालाई राहतका नाममा करोडौं खर्च स्मरण गर्दै उनले भने, ‘सरकारले लकडाउन गर्दा वित्तिकै गाउँ-गाउँमा राहत वितरण अभियान चल्यो। हामी जनप्रतिनिधिहरु पनि आफ्ना जनतालाई राहत वितरण गर्ने अभियानमा सक्रिय भयौं। तर त्यो संधै सम्भव भएन। त्यसो गर्नु ठिक थिएन कि भन्ने अहिले संक्रमितको संख्या लाखौं पुगेपछि महशुस भएको छ।’

अध्यक्ष तिमिल्सिनाले पैसा वा राहतले भन्दा सचेताना र स्वास्थ्य मापदण्डको पालना गर्दै अनुशासनमा बस्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय भएको बताए ।

‘स्वास्थ्य अनुशानमा बसेर हाम्रा दैनिक गतिविधिलाई कसरी नियमित बनाउने भन्ने सचेतना फैलाउनुपर्ने र त्यसमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने महशुस गरेर यसप्रकारको कार्यक्रम सातै प्रदेशमा आयोजना गरिएको हो,’ उनले बताए ।

यसअघि अन्य छ प्रदेशमा सम्पन्न अन्तर्क्रियाको अन्तिम कार्यक्रम आइतबार प्रदेश १ मा भएको हो।

वि.सं.२०७७ मंसिर १४ आइतवार १३:४४ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...