back
CTIZAN AD

सरकारका प्रवक्ता भन्छन् – ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन निष्पक्ष छैन्

वि.सं.२०७७ मंसिर १४ आइतवार

795 

shares

काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नै किटेर आएको ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन निष्पक्ष नभएको बताएको छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतिवेदन निष्पक्ष नभएको बताएका हुन् ।

‘ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल र तिनमा आबद्ध व्यक्तिहरुको दलीय आबद्धता, तिनको स्वच्छता र निश्पक्षता कति भरपर्दो छ भन्ने कुरामा विश्वास गर्न सकिन्नँ’, उनले भने।

उनका अनुसार प्रतिवेदन पूर्णंतः राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ । गुरुङ्गले अगाडि भने, ‘उक्त संस्थाले हालै सार्वजनिक गरेको प्रतिवेदन पूर्णतः राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ। प्रमाणित नभएका आधारहीन तथ्य तथ्यांक जुटाएर कुनै अनुसन्धान बिनै मनोगत धारणाबाट अभिप्रेरित छ ।’

ट्रान्सपरेन्सी इन्टरनेसनलको हालै प्रकाशित विश्वव्यापी प्रतिवेदनमा पछिल्लो १२ महिनामा नेपालमा भ्रष्टाचार व्यापक बढेको र उक्त भ्रष्टाचारको संरक्षण प्रधानमन्त्री ओलीले स्वंयले गरेको उल्लेख छ । प्रधानमन्त्री ओलीको नाम नै किटेर प्रतिवेदन सार्वजनिक भएसँगै निकै प्रश्नहरु उठेका छन् । जसबारे सरकारले पहिलो पटक औपचारिक धारणा सार्वजनिक गरेको हो ।

वि.सं.२०७७ मंसिर १४ आइतवार १७:१४ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...