१४ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १४०४ जना कोरोना सक्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १४०४ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका १४०४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ९१.६ प्रतिशत हो ।
वि.सं.२०७७ मंसिर १४ आइतवार १७:१२ मा प्रकाशित






























