back
CTIZAN AD

१३ औँ साग प्रतियोगिताको खर्चबल्ल भयो सार्वजनिक, यस्तो छ खर्च विवरण

वि.सं.२०७७ मंसिर १४ आइतवार

858 

shares

१४ मंसिर, काठमाण्डौ । दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ साग प्रतियोगिताको खर्च विवरण सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिता सम्पन्न भएको १ वर्षपछि बल्ल खर्च विवरण सार्वजनिक गरेकोे हो ।

राखेपका सदस्यसचिव रमेश कुमार सिलवालले आज एकपत्रकार सम्मेलनको आयोजना गर्दै १३ औँ साग प्रतियोगिताको सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेका हुन् । सागमा खेलकुदतर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको छ ।

जसअनुसार पूर्वाधार निर्माणमा २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको छ भने समापन समारोहमा मात्रै ११ करोड ५९ लाख ८८ हजार रुपैयाँ खर्च भएको छ । यस्तै पदक विजेता खेलाडी, प्रशिक्षकहरु र सहभागि राष्ट्रिय संघहरुलाई नेपाल सरकारको तर्फबाट २२ लाख ७६ करोड बराबरको पुरस्कार रकम वितरण गरिएको पनि उनले बताए ।

सिलवालका अनुसार ३ करोड ५५ लाख ७१ हजार १३७ रुपैयाँ बैंकमा रहेको छ भने १ करोड ९३ लाख ८० हजार २२४ रुपैयाँ भने फ्रिज भएको छ । यस्तै होटल बसोबासमा १३ करोड ५९ लाख, ६७ हजार ६ सय ८३ रुपैयाँ खर्च भएको छ । खेल सामग्री व्यवस्थापनमा २८ करोड २२ लाख, ८३ हजार रुपैयाँ, राष्ट्रिय टीम व्यवस्थापनमा ३० करोड ८० लाख, ८१ हजाररुपैयाँ खर्च भएको छ ।

यस्तै सचिवालय खर्च काठमाण्डौमा ६ करोड ७४ लाख, ५६ हजार, पोखरामा ७ करोड, ६२ लाख, ९८ हजार र जनकपुरमा ८० लाख ३७ हजाररुपैयाँ खर्च भएको छ ।

प्रतियोगिताका अवसरमा राखेपले १ अर्ब ३७ करोड २७ लाख ९४ हजार ४ सय २३ रुपैयाँ आम्दानी पनि गरेको छ ।

प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरेको राखेपले एक वर्षपछि सार्वजनिक गरेको हो । काठमाण्डौ, जनकपुर र पोखराबाट समयमा सम्पूर्ण हिसाबकिताब आउन नसकेका कारण समयमा खर्च सार्वजनिक गर्ने सम्भव नभएको पनि सदस्य सचिव सिलवालले बताए ।

साग गतवर्ष मंसिर १५ देखि २४ गते सम्म काठमाडौं उपत्यका, पोखरा र जनकपुरमा आयोजना भएको थियो । प्रतियोगितामा नेपालले कुल २ सय ७ पदक जितेको थियो, जसमा ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक रहेको छ ।

वि.सं.२०७७ मंसिर १४ आइतवार १७:५० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...