Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

यस्तो छ नेपालमा मंसिर १४ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण



१४ मंसिर, काठमाडौं । नेपालमा बिहिबार (१४ मंसिर ) सम्म पिसीआर प्रविधिबाट १७ लाख २७ हजार ८३६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ८००८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १७ हजार ९०९ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५ हजार ६११ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १२ हजार २९५ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३६१ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४१, प्रदेश २ मा ५, बागमती प्रदेशमा १३०, गण्डकी प्रदेशमा १००, लुम्बिनी प्रदेशमा ७१, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिममा ७ जना गरी जम्मा ३६१ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ७, प्रदेश २ मा १, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ५३ भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की र रुपन्देही गरी ७ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ६३२ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला डोल्पा र मनाङ रहेको छ ।

त्यस्तै आज थपिएका १२५५ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ३१ हजार ७९८ पुगेको छ । साथै आज १४०४ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ ।

आज २५ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४७९ पुगेको छ ।

आज देशैभरी १२५५ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ५४८ जनासहित देशैभरी १२५५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६१ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २१, उदयपुरमा ३, ओखलढुंगामा २, खोटाङमा २, झापामा ४१, ताप्लेजुङमा३, पाँचथरमा २, संखुवासभामा ७, मोरङमा ७३, सोलुखुम्बुमा ७ र सुनसरीमा २० गरी प्रदेशमा १८१ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २, पर्सामा ११, बारामा ९, महोत्तरीमा २, रौतहटमा ४, सप्तरीमा ७, सर्लाहीमा २ र सिराहामा ३ जना गरी प्रदेशमा आज ४० जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ४२२, काभ्रेपलान्चोकमा २१, चितवनमा २६, दोलखामा ७, धादिङमा ३, नुवाकोटमा २, भक्तपुरमा ६५, मकवानपुरमा १०, रामेछापमा १, ललितपुरमा ६१, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा २ जना गरी प्रदेशमा आज ६२३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ८३, गोरखामा २६, तनहुँमा १६, नवलपरासीपूर्वमा २१, पर्वतमा ३, म्याग्दीमा १, लमजुमा ४ र स्याङजामा १० जना गरी प्रदेशमा आज १६४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १५, दाङमा ४, नवलपरासीमा २, पाल्पामा १२, प्युठानमा ३, बर्दियामा ७, बाँकेमा १७ र रुपन्देहीमा ३५ जना गरी प्रदेशमा आज जम्मा ९९ जनामा संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशको अछाममा ५, कन्चनपुरमा १५,कैलालीमा ९८, डडेल्धुरामा ५, डोटीमा १, दार्चुलामा १, बझाङमा ७ र बैतडीमा १५ जना गरी प्रदेशमा आज १४८ जना थपिएसँगै देशैभरी १२५५ जना संक्रमति थपिएका हुन् । जसमा महिला ५११ र पुरुष ७४४ जना रहेका छन् ।

त्यसैगरी आज कर्णाली प्रदेशमा शून्य संक्रमित रहेका छन् ।

आज थपिएका १२५५ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ ।

आज १४०४ जना कोरोना संक्रमणबाट मुक्त
पछिल्लो २४ घण्टामा देशैभरी १४०४ जना कोरोना सक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १४०४ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका १४०४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ९१.६ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १२ हजार २९५ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जसमा प्रदेश १ मा १७६१, प्रदेश २ मा ३५५, बागमती प्रदेशमा ८,००६, गण्डकी प्रदेशमा ९१४, लुम्बिनी प्रदेशमा ७८१, कर्णाली प्रदेशमा ८४ र सुदूरपश्चिम प्रदेशमा ३९४ जना गरी १२ हजार २९५ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ५६११ जनाको उपचार भइरहेको छ ।

आज २५ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४७९ पुग्यो
कोरोना संक्रमणबाट नेपालमा आज पनि २५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २५ जनाको मृत्यु भएको हो ।

आज थपिएका २५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४७९ पुगेको छ ।

पछिल्ला केहि दिनयता कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या घट्दै गएको देखिए पनि मृत्यु हुनेको संख्या दैनिक बढिरहेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय