Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण



१३ मंसिर काठमाडौं । नेपालमा शनिबार (१३ मंसिर) सम्म पिसीआर प्रविधिबाट १७ लाख १९ हजार ८२८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९,३६८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २३ हजार ७२३ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५ हजार ५३७ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १२ हजार ५४६ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३२५ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३९, प्रदेश २ मा ५, बागमती प्रदेशमा ८४, गण्डकी प्रदेशमा १००, लुम्बिनी प्रदेशमा ८०, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिममा ७ जना गरी जम्मा ३२५ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १०, प्रदेश २ मा १, बागमती प्रदेशमा २४, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ५० जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की र रुपन्देही गरी ५ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ६१८ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ र डोल्पा रहेको छ ।

त्यस्तै आज थपिएका १३८० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।

साथै आज ५१५ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ११ हजार १८३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज १९ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४५४ पुगेको छ ।

आज देशैभरी १३८० जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ६४५ जनासहित देशैभरी १३८० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, उदयपुरमा २, ओखलढुंगामा ६, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा १, तेह्रथुममा १, भोजपुरमा ३, धनकुटामा ३, पाँचथरमा ६, मोरङमा ४१, संखुवासभा १ र सुनसरीमा ५९ गरी प्रदेशमा १९५ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ११, पर्सा, बारा, महोत्तरी र रौतहटमा १\१ जना, सप्तरीमा ७, सर्लाहीमा ६ र सिराहामा ९ जना गरी प्रदेशमा आज ३७ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ४८५, काभ्रेपलान्चोकमा १९, चितवनमा १३, दोलखामा ९, धादिङमा १५, नुवाकोटमा १८, भक्तपुरमा ३६, मकवानपुरमा १५, रामेछापमा ६, ललितपुरमा १२४, सिन्धुपाल्चोकमा ५ र सिन्धुलीमा २ जना गरी प्रदेशमा आज ७४७ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ११८, गोरखामा १३, तनहुँमा २२, नवलपरासीपूर्वमा १, पर्वतमा २, मुस्ताङ २, म्याग्दीमा ३, लमजुङमा २४, बागलुङमा .१९ र स्याङजामा १७ जना गरी प्रदेशमा आज २२१ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा १३, गुल्मीमा ८, दाङमा ४, नवलपरासीमा १७, पाल्पामा १५, प्युठानमा ३, बर्दियामा १३, बाँकेमा ३७, रुपन्देहीमा ५८ र रोल्पामा १ जना गरी प्रदेशमा आज जम्मा १७१ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा १ जना र सुदूरपश्चिम प्रदेशको अछाम र डडेल्धुरामा ४÷४ जना गरी प्रदेशमा ८ जना थपिएसँगै देशैभरी १३८० जना संक्रमति थपिएका हुन् । जसमा महिला ५४६ र पुरुष ८३४ जना रहेका छन् ।
आज थपिएका १३८० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।

आज ५१५ जना कोरोना संक्रमणबाट मुक्त
पछिल्लो २४ घण्टामा देशैभरी ५१३ जना कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ५१३ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका ५१३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ११ हजार १८३ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ९१.५ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १२ हजार ५४६ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जसमा प्रदेश १ मा १६२९, प्रदेश २ मा ३५४, बागमती प्रदेशमा ८,५६५, गण्डकी प्रदेशमा १,००३, लुम्बिनी प्रदेशमा ६५३, कर्णाली प्रदेशमा ८३ र सुदूरपश्चिम प्रदेशमा २५९जना गरी ३१ हजार १२ हजार ५४६ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ५ हजार ५३७ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज पनि १९ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथाजनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १९ जनाको मृत्यु भएको हो ।

आज थपिएका १९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४५४ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर १२ गतेसम्मको कोरोना अपडेटको पूर्ण अपडेट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

लाहान । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय