back
CTIZAN AD

प्रधानमन्त्रीज्यू विवाद समाधानमा अस्पष्ट देखिनु भयो – युवराज चौलागाई

वि.सं.२०७७ मंसिर १३ शनिवार

789 

shares

१३ मंसिर, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेकपा प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलि नेकपाभित्रको विवाद समाधानमा अस्पष्ट देखिएको बताएका छन् ।

आज सम्पन्न केन्द्रीय सचिवालयको बैठकमा बितरित प्रधानमन्त्रीको प्रतिबेदनउपर सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले दुई परस्पर बिरोधी कुरा गरेर प्रधानमन्त्री विवाद समाधानमा अस्पष्ट देखिएको बताएका हुन् ।

‘एकातिर वहॉ चुनौतिका साथ दुई मध्ये एक अध्यक्षले ‘पार्टी र राज्यबाट कारबाही भोग्न तयार हुनुपर्ने’ (पेज ४) लेख्नुहुन्छ अर्काे तिर भन्नुहुन्छ( ‘पार्टीको अबस्था सहमतिको त्यो बिन्दुमा फर्काऔं जुन सचिवालयको भदौ २६ गतेको बैठकले तय गरेको थियो’ (पेज ३६) ज्ञातव्य छ, त्यो अबस्था भनेको अन्य कुराका अतिरिक्त प्रचण्ड कार्यकारी अध्यक्ष र ओली पूर्णकालिक प्रधानमन्त्री हो । यी दुई परस्पर बिरोधी कुरा गरेर प्रधानमन्त्रीज्यू समाधानमा अस्पष्ट देखिनु भयो ।’, उनले लेखेका छन् ।

उनले अध्यक्ष ओलिले नेकपाको एकतालाई मनदेखि स्वीकार गर्न नसकेको भन्ने भाव प्रतिवेदनमा उल्लेख गरेको जनाएका छन् ।
यसबारे उनले लेखेका छन् ‘प्रधानमन्त्रीमा अझै कमरेड ओलीले प्रचण्डलाई नेकपाको अध्यक्षका रुपमा कम, पूर्व माओवादीको अध्यक्ष बढी लिएको देखियो । पार्टी भित्र देखा परेका वर्तमान समस्याहरुलाई वहॉले त्यसरी दुई पूर्व पार्टीका समस्याका रुपमा बिश्लेषण गरेको पाइयो । नेकपा बनेपछि बिकसित घटनाक्रम र मनोबिज्ञानबारे, सचिवालय लगायत पार्टी पंक्तिमा बढिरहेको ध्रुविकरणबारे वहॉको विश्लेषण पूर्व समूहमा आधारित देखियो । मेरो बिचारमा यो चौथाई सत्य हो । ’

‘नेकपा फुटन तयार छैन् एकता अपरिहार्य छ’ भन्ने अध्यक्ष ओलीको भनाई मननयोग्य भएको भन्दै समाधान त्यहि बिन्दु वरपर खोज्नु पर्नेमा उनले जोड दिएका छन् ।

वि.सं.२०७७ मंसिर १३ शनिवार १८:२७ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...