back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर १२ गतेसम्मको कोरोना अपडेटको पूर्ण अपडेट

वि.सं.२०७७ मंसिर १२ शुक्रवार

720 

shares

१२ मंसिर,काठमाडौं । नेपालमा शुक्रबार (१२ मंसिर) सम्म पिसीआर प्रविधिबाट १७ लाख १० हजार ४६० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १० हजार ४६० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १७ हजार २३७ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६ हजार २९३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १० हजार ९४४ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३५४ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३७, प्रदेश २ मा ४, बागमती प्रदेशमा ११५, गण्डकी प्रदेशमा ११७, लुम्बिनी प्रदेशमा ६४, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिममा ६ जना गरी जम्मा ३५४ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १० जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ११ जना र लुम्बिनी प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ गरी जम्मा ६४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, कास्की गरी ४ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ६०१ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मुस्ताङ रहेको छ ।

त्यस्तै आज थपिएका १७०३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । साथै आज १२३६ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख १० हजार ६७१ पुगेको छ ।

आज २३ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४३५ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ८२२ सहित देशैभरी १७०३ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ८२२ जनासहित देशैभरी १७०३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५९९, ललितपुरमा १६० र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ९६, ताप्लेजुङमा २, पाँचथर २, भोजपुरमा २, धनकुटामा १, मोरङमा १०९, संखुवासभा १ र सुनसरीमा ३९ गरी प्रदेशमा जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ११, पर्सामा ९, बारामा ६, महोत्तरीमा ४, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा ६ र सिराहामा ९ जना गरी प्रदेशमा आज ५६ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ५९९, काभ्रेपलान्चोकमा २८, चितवनमा २५, दोलखामा १०, धादिङमा ७, नुवाकोटमा १६, भक्तपुरमा ६३, मकवानपुरमा २१, रसुवामा १, ललितपुरमा १६०, सिन्धुपाल्चोकमा ६ र सिन्धुलीमा ४ जना गरी प्रदेशमा आज ९४० जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ५४, गोरखामा ८, तनहुँमा १५, नवलपरासीपूर्वमा ४, पर्वतमा १०, लमजुमा ५ र स्याङजामा १० जना गरी प्रदेशमा आज १०६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ११, गुल्मीमा ११, दाङमा ४५, नवलपरासीमा १५, पाल्पामा १७, प्युठानमा ३, बर्दियामा २३, बाँकेमा २६, रुपन्देहीमा ७० र रोल्पामा २ जना गरी प्रदेशमा आज जम्मा २२४ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा ४, जुम्लामा ९ दैलेखमा ८, मुगुमा २, रुकुममा १, सल्यानमा ६ र सुर्खेतमा ४ गरी प्रदेशमा आज ३४ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ८, कन्चनपुरमा १२,कैलालीमा ३७, डडेल्धुरामा ६, डोटीमा १, दार्चुलामा १, बझाङमा ८ र बैतडीमा ११ गरी प्रदेशमा आज ८४ जना थपिएसँगै देशैभरी १७०३ जना संक्रमति थपिएका हुन् । जसमा महिला ३९६ र पुरुष १००७ जना रहेका छन् ।

आज थपिएका १७०३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।

आज १२३६ जना कोरोना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशैभरी १२३६ जना कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १२३६ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका १२३६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख १० हजार ६७१ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ९१.९ प्रतिशत हो ।

कु्न प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा २४,७७७, प्रदेश २ मा १९,३६७, बागमती प्रदेशमा १,१३,८०५,गण्डकी प्रदेशमा १२,२३६,लुम्बिनी प्रदेशमा २३,४००, कर्णाली प्रदेशमा ५,९२८ र सुदूरपश्चिम प्रदेशमा ११,१५८ गरी देशैभरी हालसम्म २ लाख १० हजार ६७१ जना निको भएका हुन् ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १० हजार ९४४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १४३४, प्रदेश २ मा ३२२, बागमती प्रदेशमा७,९३९, गण्डकी प्रदेशमा ५८२, लुम्बिनी प्रदेशमा ३२४, कर्णाली प्रदेशमा ५७३ र सुदूरपश्चिम प्रदेशमा ८४ जना गरी १० हजार ९४४ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ६ हजार २९३ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज पनि २३ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २३ जनाको मृत्यु भएको हो ।

आज थपिएका २३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४३५ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर ११ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर १२ शुक्रवार १७:४३ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...