
१५ मङ्सिर, काठमाडौँ । भारत र अष्ट्रेलिया बिच सिड्नीमा भएको दोस्रो एकदिवसीयमा भारत ५१ रनले पराजित भएको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरको अष्ट्रेलियाले ५० ओभरमा ४ विकेट गुमाएर ३८९ रन बनाएको थियो । अष्ट्रेलियाका लागि स्टीवन स्मिथले यस श्रृखलामा लगातार दोस्रो सतक बनाएका थिए । स्टीवन स्मिथ १०४ रन बनाएर आउट भएका थिए । त्यसैगरि डेविड वार्नर ८३, एरण फिंच ६०, मार्नस लबुशेन ७० रन बनाएर आउट भएका थिए भने ग्लेन म्याक्सवेलले २९ बलमा ६३ रनको विस्फोटक पारी खेल्दैँ नटआउट रहेका थिए । भारतका लागि बलिङ्गमा मोहम्मद शमी, जसप्रित बुमराह र हार्दिक पांड्याले १/१ विकेट लिएका थिए ।
३९० रनको विशाल लक्ष्य पछाएको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३३८ रन मात्र बनाउन सक्यो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ८९ रन बनाएका थिए भने अष्ट्रेलियाका लागि बलिङ्गमा प्याट कमिन्सले सर्वाधिक ३ विकेट लिएका थिए ।
जितसँगै अष्ट्रेलियाले ३ खेलको एकदिवसीय श्रृखलामा १ खेल बाँकी रहदैँ श्रृखला आफ्नो नाममा गरेको छ ।