back
CTIZAN AD

धान बेच्न यसरी पालो कुर्दै छन् बाराका किसान

वि.सं.२०७७ मंसिर १५ सोमवार

594 

shares

१५ मंसिर, बारा । सङ्घीय सरकारले यसवर्ष किसानबाट धान खरिद गर्न बजार भाउ भन्दा आठ प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै बारा बरैनियाका किसान सञ्जय कुमारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्न एका बिहानै सो कार्यालयमा आएर आफूले उत्पादन गरेको धान बेचेर खुशी भएका छन् ।

यसैगरी बारा धर्मपुरका किसान गगनदेवप्रसाद यादवले सो कार्यालयलाई धान बेचेर एकमुष्ठ रकम पाएपछि उनको खुशीको सीमा रहेन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले यही मङ्सिर ११ गतेदेखि धान खरिद गर्न थालेपछि बारा र पर्साका किसान अहिले आफ्नो पालो कहिले आउछ भनेर पर्खिएर बसेका छन् ।

यसपाली सङ्घीय सरकारले किसानबाट धान खरिद गर्ने मूल्य निजीस्तरका गल्ला व्यापारी भन्दा सोना मन्सुली धान आठ प्रतिशत बढी खरिद मूल्य तोकेपछि किसानले आफूले उत्पादन गरेको धान खाद्य व्यवस्था कम्पनीलाई धान बेच्न किसानको लर्को लागेको छ ।
यसवर्ष सङ्घीय सरकारले सोना मन्सुली धान प्रति क्विन्टल रु दुई हजार ८८५ र जिरा मसिनो धान प्रति क्विन्टल रु दुई हजार ९०० मा खरिद गर्ने मूल्य तोकेपछि बारा पर्साका किसान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बेच्न पाएको पर्सा बैरियाविर्ताका किसान अवधेशप्रसाद गुप्ताले बताए ।

धानको बोरा बोकेर गोरुगाडा, ट्र्याक्टरसहित किसान बिहानै कार्यालयमा आइपुग्ने गरेकाले कार्यालय परिसरमै धान खरिद गर्न थालिएको छ । कार्यालय प्रमुख विकास कटुवालले भने, “यस वर्ष राम्रै मूल्य पाएकै कारण सोचे भन्दा बढी किसान धान बेच्न आउने गरेका छन् ।” यसवर्ष सोना मन्सुली धान तीन हजार मेट्रिकटन र जिरा मसिनो धान ५०० मेट्रिकटन खरिद गर्ने लक्ष्य लिइएको छ । सरकारले यसवर्ष धान खरिदको समर्थन मुल्य बढाएपछि बारा र पर्साका किसान निजी गल्ला व्यापारीलाई धान नबेची संस्थानलाई धान बेच्न आउने गरेका छन् ।

सरकारले दिएको लक्ष्य अनुसार यसवर्ष रु आठ करोड ६५ लाख ५० हजार मूल्य बराबरको तीन हजार मेट्रिकटन सोना मन्सुली धान र रु एक करोड ४५ लाख मूल्य बराबरको ५०० मेट्रिकटन जिरा मसिनो धान खरिद गर्ने लक्ष्य राखेको सूचना अधिकारी मुनिलाल कुशवाहाले बताए ।

व्यापारीको धानमा मिसावट हुने गरेको तथा किसानको धानमा मिसावट नदेखिएकाले कार्यालयले किसानको धान मात्र खरिद गर्न थालेको छ । कार्यालयले धान खरिद गर्दा १८ प्रतिशत सुकेको, दुई प्रतिशत भन्दाबढी मिसावट नभएको र पाँच प्रतिशतसम्म बिगे्रको धान खरिद गर्ने गरेका छन् । सो कार्यालयले धान खरिद गर्दा किसानको नागरिकता वा लालपूर्जाको फोटोकपी, स्थानीय तहले किसान हो भनेर सिफारिस गरेको प्रतिलिपि भएमात्र धान खरिद गर्ने गरेको छ ।

त्यस्तै धान बेच्न आउने किसानले आफु किसान हुँ, कार्यालयलाई धान बेचेको भनेर घोषणा पत्रमा हस्ताक्षरसमेत गर्नुपर्ने व्यवस्था गरिएको छ । सङ्घीय सरकारले तोकेको धानको समर्थन मूल्य गत वर्षभन्दा यसवर्ष आठ प्रतिशतले बढी भएको छ भने जिल्ला प्राथमिक खरिद समितिले तोकेको जिरा मसिनो धानको मूल्य गत वर्ष भन्दा यस वर्ष सात प्रतिशतले कम छ । (रासस)

वि.सं.२०७७ मंसिर १५ सोमवार १४:०१ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...