back
CTIZAN AD

पार्टी फुटिहाल्छ भनेर आत्तिन पर्दैन : वरिष्ठ नेता खनाल

वि.सं.२०७७ मंसिर १५ सोमवार

693 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी फुटिहाल्छ भनेर नआत्तिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छ । सोमबार गृहजिल्ला पुगेका उनले पार्टीभित्र हुने बहस र छलफलबाट फुटिहाल्छ भनेर नआत्तिन आग्रह गरे ।

खनालका अनुसार पार्टी फुटाउन वर्तमान संविधान तथा कानूनले पनि सहयोग गर्दैन् । ‘पार्टी कानुन, संविधानबमोजिम फुटाउन सक्नुपर्छ । संविधानले पार्टी फुटाउन दिँदैन, हामी पार्टी फुटाउने पक्षमा छैनौं, बहस छलफलबाट हामी पार्टीलाई बलियो बनाउन चाहन्छौं, बहस, छलफलबाट आत्तिनु पर्दैन’, खनाल भनेका छन्, ‘ठूल्ठूला बहस गर्ने शास्त्रीय परम्परा हो, ऋषिमुनिहरू बहस गर्थे ।’

खनालले नेकपा फुटिहाल्छ र मेरो रोटी सेक्न पाउँछु भन्ने कतिपयको सोंच व्यर्थ रहेको पनि टिप्पणी गरे । उनले भने, ‘नेकपा फुटिदिन्छ कि, मैलेचाहिँ ठूलो भाग खान पाउँछु कि, मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ,रोटी बेलिसकेको हो भने पनि सेकाउने ठाउँ पाउनुहुन्न ।’

नेकपाभित्र देखिएको पछिल्लो विवादले पार्टीलाई एकताबद्ध गराउन र रुपान्तरण गर्न सहयोग पुग्ने खनालको भनाई छ ।

वि.सं.२०७७ मंसिर १५ सोमवार १३:५९ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...