१५ मंसिर, काठमाडौं । कुमारी बैंक लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बोनस शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थबुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बैंकको १०.८५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २७३ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।
यसैगरि, नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३०३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । बैंकको वार्षिक साधारण सभा मंसिर २९ गते सोमबार बैंकको रजिष्टर्ड कार्यालय टङ्गालमा हुने बैंकले जनाएको छ ।
वि.सं.२०७७ मंसिर १५ सोमवार १३:५१ मा प्रकाशित





























