back
CTIZAN AD

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ५ जनाको मृत्यु

वि.सं.२०७७ मंसिर १५ सोमवार

627 

shares

१५ मंसिर, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आज ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीको पोखरा उपमहानगरपालिकाका ४ जना र स्याङजाको वालिङ नगरपालिकाका १ जना रहेका छन् ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज पोखरा महानगरपालिका ३ का ६५ वर्षीया कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका उनको आइतबार दिउँसो ४ः३३ मा मृत्यु भएको हो ।

त्यसैगरी पोखरा महानगरपालिका १६ की ५७ वर्षीया महिलाको पनि सोमबार बिहान ४ बजे उपचारकै क्रममा मृत्यु भएको छ । मंसिर १२ गते संक्रमण पुष्टि भएपछि चरक अस्पताल पोखरामा उपचार गराउने क्रममा मृत्यु भएकी उनमा थाइराइड, मिर्गौला लगायतका समस्या रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी पोखरा महानगरपालिका १८ का ५१ वर्षीय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको छ । मंसिर ११ गते कोरोना संक्रमण भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भइ उपचार गराइरहेका उनको आइतबार बेलुका ९ः४५ मा मृत्यु भएको हो ।

त्यस्तै स्याङजा जिल्ला वालिङ नगरपालिका १४ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको छ । मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्त्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका उनको सोमबार दिउँसो २ः१० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

पोखराउपमहानगरपालिका १३ की ७८ वर्षीया महिलाको पनि संक्रमणको उपचारका क्रममा मृत्यु भएको छ । सोमबारै कोरोना संक्रमण पुष्टि भएपछि मणिपाल अस्पतालमा भर्ना भइ उपचार गराइरहेकी उनको सोमबार दिउँसो १ः३० मा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

पछिल्लो पटक थपिएका ५ जनासँगै गण्डकी प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५९ पुगेको छ ।

वि.सं.२०७७ मंसिर १५ सोमवार १६:३९ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...