back
CTIZAN AD

दक्षिण सुडानमा हुन लागेको जातिय हिंसालाई रोक्यो नेपाली सेनाले

वि.सं.२०७७ मंसिर १५ सोमवार

1.1K 

shares

काठमाडौं । दक्षिण सुडानमा हुन लागेको जातिय हिंसालाई नेपाली सेनाले रोकेको छ । दक्षिण सुडानको क्वीवेट क्षेत्रमा तैनाथ नेपाली सेनाको टोलीले सम्भावित उक्त हिंसालाई रोकेको हो ।

क्वीवेट नजिकै क्याटल क्याम्पमा चोरी गर्न गएको कोङ्गुर जातिको एक व्यक्तिको मृत्युको घटनाले कोङ्गुर र आइल जातिबीच हिंसाको रुप लिएको थियो । दुई जातीबीच झडप हुन गईरहेको जानकारी पाएसँगै सेनानी विज्ञान विष्टको कमाण्डमा खटिएको टोलीको अपरेसनसँगै विवाद रोकिएको हो ।

झडप भएको क्षेत्र रुम्वेकस्थित सेनाको हेडक्वाटरबाट ७० किमि टाढा पर्दछ ।

जातिय द्वन्दका कारण निरन्तर नरसंहारबाट गुज्रेको उक्त देशमा पछिल्लो घटना रोकिएसँगै संयुक्त राष्ट्र संघले नेपाली सेनाको उच्च प्रशंसा गरेको छ । हाल नेपाली सेना उक्त क्षेत्रको विभिन्न इलाकाका शान्ति सुरक्षा कायम गराउने कार्यमा जुटेको छ ।

वि.सं.२०७७ मंसिर १५ सोमवार १७:२७ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...