१५ मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशैभरी २९ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा आज सबैभन्दा बढीको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २९ जनाको मृत्यु भएको हो ।
आज थपिएका २९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५०८ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति जनाको मृत्यु भयो त ?
मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा १९१ प्रदेश २ मा १९६, बागमती प्रदेशमा ७५६, गण्डकी प्रदेशमा १०३ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ । तर, गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले भने प्रदेशमा हालसम्म १५९ जनाको मृत्यु भइसकेको विवरण सोमबार सार्वजनिक गरेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा २०१, कर्णाली प्रदेशमा २३ र सुदूरपश्चिम प्रदेशमा २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आज २५ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४७९ पुग्यो
वि.सं.२०७७ मंसिर १५ सोमवार १७:१६ मा प्रकाशित






























