back
CTIZAN AD

डीआइजी विश्वराज पोखरेल एआइजीमा सिफारिस

वि.सं.२०७७ मंसिर १६ मंगलवार

804 

shares

१६ मंसिर, काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा थप गरिएको एक एआईजीको दरबन्दीमा पोखरेललाई बढुवा सिफारिस गरेको हो । त्यसैगरी बैठकले पाँच डिआइजीको दरबन्दी थप्ने निर्णय समेत गरेको छ । एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ ।

सरकारले २ मंसिरमा बसेको मन्त्रीपरिषद् बैठकबाट एआईजीको एक दरबन्दी थप गर्ने निणर्य लिएको थियो । डीआईजी सुशील भण्डारीको काभ्रेमा सवारी दुर्घटनामा परि निधन भएपछि सरकारले पोखरेललाई २०७६ वैशाख १९ मा एसएसपीबाट डीआईजीमा बढुवा गरेको थियो ।

 

वि.सं.२०७७ मंसिर १६ मंगलवार ११:२४ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...