back
CTIZAN AD

त्रियुगा नपामा तीनदिने कृषि मेला सुरु

वि.सं.२०७३ पुस २९ शुक्रवार

1K 

shares

२९ पुस,गाईघाट (उदयपुर)। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ र ६ को बीचस्थित त्रियुगा नदीको त्रिवेणीमा आजदेखि जिल्लास्तरीय तीनदिने कृषि मेला प्रदर्शनी सुरु भएको छ ।

जिल्ला कृषि बिकास कार्यालय उदयपुरको आयोजना र जिल्लाका दर्जनौँ विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगमा जिल्लास्तरीय कृषि मेला प्रदर्शनी सुरु भएको जिल्ला कृषि विकास कार्यालय उदयपुरले बताएको छ ।

मकर सङ्क्रान्तिको अवसर पारेर आजदेखि २ गते सम्म उक्त प्रदर्शनी मेला सुरु भएको जिल्ला कृषि विकास कार्यालय उदयपुरका प्रमुख सरोजकान्त अधिकारीले बताउनुभयो । मेलामा जिल्लाका कृषकले उत्पादन गरेका कृषि उपजका वस्तुहरु प्रदर्शनी गर्न २७ वटा स्टल व्यवस्थापन गरिएको पनि आयोजकले बताएका छन् ।

कृषि मेला प्रदर्शनीमा जिल्लाभरिका तीस कृषक समूह र अन्य कृषक गरेर अन्य झन्डै सय कृषकले समेत विभिन्न उत्पादित वस्तुहरु प्रदर्शनी गर्ने भएका छन् । यस्ता प्रदर्शनी गरिने कृषि उपजका वस्तुमा जिल्लामा उत्पादित विभिन्न अन्नबाली, तरकारी, फलफूल, माछा लगायतका कृषकले उत्पादन गरेका कृषि उपज वस्तु रहेको जिल्ला कृषि विकास कार्यालय उदयपुरका बालीविकास अधिकृत विश्वराज ढुङ्गानाले बताउनुभयो ।

यस्तै, वर्तमान अवस्थामा कृषि उत्पादनका लागि विकास गरिएका विभिन्न नयाँ प्रविधि र जलवायु सम्बन्धीका अन्य कृषि उपकरण र वस्तुसमेत मेलामा प्रदर्शनी गरिने भएको कुरा आयोजकले बताएका छन् । प्रदर्शनीमा प्रथम, द्वितीय, तृतीय हुने कृषकलाई नगद पुरस्कार र विभिन्न कृषि उपकरण समेत पुरस्कार दिइने आयोजकले बताएका छन् । मेलामा दश हजारभन्दा बढी कृषक र स्थानीयवासी उपस्थिति हुने आयोजकले अनुमान गरेका छन् । रासस

वि.सं.२०७३ पुस २९ शुक्रवार ०६:०९ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै...

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौँ । नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी...

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध...