back

त्रियुगा नपामा तीनदिने कृषि मेला सुरु

वि.सं.२०७३ पुस २९ शुक्रवार

570 

shares
GLOBAL IME AD
NTC AD

२९ पुस,गाईघाट (उदयपुर)। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ र ६ को बीचस्थित त्रियुगा नदीको त्रिवेणीमा आजदेखि जिल्लास्तरीय तीनदिने कृषि मेला प्रदर्शनी सुरु भएको छ ।

जिल्ला कृषि बिकास कार्यालय उदयपुरको आयोजना र जिल्लाका दर्जनौँ विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगमा जिल्लास्तरीय कृषि मेला प्रदर्शनी सुरु भएको जिल्ला कृषि विकास कार्यालय उदयपुरले बताएको छ ।

मकर सङ्क्रान्तिको अवसर पारेर आजदेखि २ गते सम्म उक्त प्रदर्शनी मेला सुरु भएको जिल्ला कृषि विकास कार्यालय उदयपुरका प्रमुख सरोजकान्त अधिकारीले बताउनुभयो । मेलामा जिल्लाका कृषकले उत्पादन गरेका कृषि उपजका वस्तुहरु प्रदर्शनी गर्न २७ वटा स्टल व्यवस्थापन गरिएको पनि आयोजकले बताएका छन् ।

कृषि मेला प्रदर्शनीमा जिल्लाभरिका तीस कृषक समूह र अन्य कृषक गरेर अन्य झन्डै सय कृषकले समेत विभिन्न उत्पादित वस्तुहरु प्रदर्शनी गर्ने भएका छन् । यस्ता प्रदर्शनी गरिने कृषि उपजका वस्तुमा जिल्लामा उत्पादित विभिन्न अन्नबाली, तरकारी, फलफूल, माछा लगायतका कृषकले उत्पादन गरेका कृषि उपज वस्तु रहेको जिल्ला कृषि विकास कार्यालय उदयपुरका बालीविकास अधिकृत विश्वराज ढुङ्गानाले बताउनुभयो ।

यस्तै, वर्तमान अवस्थामा कृषि उत्पादनका लागि विकास गरिएका विभिन्न नयाँ प्रविधि र जलवायु सम्बन्धीका अन्य कृषि उपकरण र वस्तुसमेत मेलामा प्रदर्शनी गरिने भएको कुरा आयोजकले बताएका छन् । प्रदर्शनीमा प्रथम, द्वितीय, तृतीय हुने कृषकलाई नगद पुरस्कार र विभिन्न कृषि उपकरण समेत पुरस्कार दिइने आयोजकले बताएका छन् । मेलामा दश हजारभन्दा बढी कृषक र स्थानीयवासी उपस्थिति हुने आयोजकले अनुमान गरेका छन् । रासस

वि.सं.२०७३ पुस २९ शुक्रवार ०६:०९ मा प्रकाशित

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि प्राध्यापकले जातीय विभेद...

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...

बेलायतमा नेपाली भजन महोत्सव

बेलायतमा नेपाली भजन महोत्सव

बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली...

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना !

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना !

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...