back
CTIZAN AD

अर्ना लिन कोसीटप्पु जाने तयारी

वि.सं.२०७३ पुस २९ शुक्रवार

783 

shares

२९ पुस,चितवन । कोसीटप्पु वन्यजन्तु आरक्षबाट अर्ना ल्याउनका लागि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक सहितको टोली माघको पहिलो हप्ता त्यसतर्फ जाने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार माघ ४ गते प्राविधिक र दक्ष कामदार त्यसतर्फ जाने भएका हुन् ।

निकुञ्ज विभागका उपमहानिर्देशकको उपस्थितिमा अर्ना स्थानान्तरणसम्बन्धी अन्तिम बैठक सम्पन्न भएको बताउँदै उहाँले कोसीबाट चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका पाँचवटा हात्तीमध्ये दुईवटा पठाइसकिएकाले अर्ना नियन्त्रणमा लिन त्यहीँका हात्ती परिचालन गरिनेछ । डार्ट गरेर बेहोस बनाई ल्याउनुपर्ने भएकाले चितवन राष्ट्रिय निकुञ्जबाट वरिष्ठ पशु चिकित्सकसहित १५ जनाको टोली त्यसतर्फ जाने तयारीमा छ ।

बेहोस बनाएपछि अर्नालाई खोरमा राखेर ल्याइनेछ । यसअघि गैँडा स्थानान्तरणका लागि बनाइएको एउटा खोर र अर्नाका लागि हालै बनाइएको दुईवटा खोर गरी तीनवटा खोर अर्ना पहिलो चरणमा ल्याउने तयारी गरिएको कँडेलले बताउनुभयो । चार देखि ६ वर्ष उमेर समूहका अर्ध वयस्क अर्ना ल्याइँदैछ । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुला खोर (इन्क्लोजर) निर्माण कार्य सम्पन्न भएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार दुई हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा खोर निर्माण गरिएको छ । भुइँमा सोलिङ गरेर जालीलाई पिसिसीले च्यापेर छ फिट अग्लो खोर बनाइएको उहाँले बताउनुभयो ।

खोरमा वरिपरि सोलार ( विद्युतीय) फेन्सिङ गरिएको छ जसका कारण अन्य जनावर खोरभित्र पस्न सक्ने छैनन् । अर्नाको सबैभन्दा ठूलो शत्रु बाघ हो । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेकाले बथानमा परिणत नभएसम्म अर्नालाई खोरमै राख्ने तयारी गरिएको छ ।

बाघजस्ता मांसाहारी जनावरबाट बच्नका लागि प्रकृतिले अर्नालाई बथानमा बस्ने स्वभाव दिएको कँडेलले बताउनुभयो । बाघबाट बचाउनका लागि पनि विद्युतीय तारबार प्रभावकारी हुने ठानिएको छ ।

खोरसम्म जानका लागि सौराहाबाट ६ किलोमिटर र कसराबाट २० किलोमिटर दूरी पार गर्नुपर्छ । सो स्थानसम्म जाने बाटोसमेत मर्मत गरिएको कँडेलले बताउनुभयो । खोर नजिक मचान रहेको छ । सोही मचानमा रहेर अर्नाको अनुगमन गरिने पनि कँडेलले बताउनुभयो ।

कोसीटप्पु वन्यजन्तु आरक्षबाट पाँचभाले र १५ वटा पोथी अर्ना ल्याउन लागिएको हो । सदर चिडियाखानामा रहेका दुई अर्ना पनि यहाँ ल्याइँदैछ । अर्नापछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पाँच भाले र २० वटा पोथी बाह्रसिङ्गे पनि ल्याइने भएको छ ।

इन्क्लोजरभित्र चारसय मिटर लामो र १५ मिटर चौडा भएको पानीको ताल बनाइएको छ भने बाँकी भाग घाँसेमैदान हो । एकै ठाउँमा रहेका वन्यजन्तु अर्काे ठाउँमा स्थानान्तरण गर्दा महामारी रोगको प्रकोपबाट बचाउन सकिने हुँदा निकुञ्ज विभागले देशका विभिन्न राष्ट्रिय निकुञ्ज र आरक्षबाट वन्यजन्तु स्थानान्तरण गर्दै आइएको छ ।

गत वर्ष मात्रै चितवन राष्ट्रिय निकुञ्जबाट पाँचवटा गैँडा बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, बाघ, हात्ती लगायतका जनावर हेर्न बर्सेनि दुई लाख हाराहारीमा पर्यटक आउने गर्दछन् । रासस

वि.सं.२०७३ पुस २९ शुक्रवार ०६:०६ मा प्रकाशित

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...