back

दुई करोड ठगी गर्ने गिरोह पक्राउ

वि.सं.२०७३ पुस २९ शुक्रवार

174 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

२९ पुस,रत्ननगर (चितवन)। नक्कली जग्गाधनी बनेर अर्कैको जग्गा बैंकमा धितो राखी रु दुई करोड ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

चितवनको रत्ननगरस्थित साबिक बछौली गाविसमा कमल बस्नेतको नाममा रहेको १९ कट्ठा १४ धुर जग्गा बैंकमा राखेर कीर्ते गरी रकम निकालेर फरार हुँदै आएका दुई जनालाई प्रहरीले हालै पक्राउ गरेको हो ।

चितवनका प्रहरी प्रमुख दीपककुमार थापाका अनुसार नक्कली जग्गाधनी बनेर कीर्ते गर्ने मध्येका मुख्य व्यक्ति काभ्रेपलाञ्चोक मेथिनकोट गाविस–५ बस्ने ६४ वर्षीय चिरञ्जीवी भुर्तेल र कीर्तेमा संलग्न महोत्तरी डामीमोडेका ३५ वर्षीय अशोककुमार साहलाई पक्राउ गरी कारबाही थालिएको प्रहरीले जनाएको छ ।

भुर्तेललाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको र शाहको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले विहिबार एक सूचना जारी गरी जनाएको छ । उनीहरुलाई मुलुकी ऐन कीर्ते कागजको महल र ठगीको महलअन्तर्गत मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले काठमाडौँका कमल बस्नेतको नाममा चितवनको बछौलीमा रहेको १९ कट्ठा १४ धुर जग्गा नक्कली बस्नेत खडा गरी मालपोत कार्यालय चितवनबाट बाग्लुङ स्थायी घर भई हाल ललितपुर बस्ने मेरसिँह घर्तीको नाउँमा राजीनामा पास गरेका थिए ।

उक्त जग्गा ज्योति विकास बैंक काठमाडौँ कलङ्कीमा धितो २०७२ साल माघ १३ गते नै धितो राखी रु दुई करोड पैसा निकालेका थिए । सक्कली कमल बस्नेतले सो कुरा थाहा पाई २०७२ साल चैत २ गते प्रहरीमा उजुरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

तत्कालै खोजीका क्रममा संलग्न देखिएका मेरसिँह घर्ती, काठमाडौँ टोखाका ४० वर्षीया दुर्गा केसी, काठमाडौँ वानेश्वरका बिमला थापा र सुर्खेत वीरेन्द्रनगरका रमेश गिरीलाई पक्राउ गरी कीर्ते मुद्दा लगाइएको थियो ।

अदालत पेस गर्दा मेरसिँह घर्ती पुर्पक्षका लागि थुनामा पठाइएको तथा बिमला थापा र दुर्गा केसीलाई जनही रु दुई करोड तथा रमेश गिरीलाई रु एक लाख धरौटी माग गरिएको छ । रासस

वि.सं.२०७३ पुस २९ शुक्रवार ०६:०५ मा प्रकाशित

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा...

मन्त्री यादव भन्छन्-खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको छ

मन्त्री यादव भन्छन्-खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको छ

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले तराई–मधेस क्षेत्रमा देखिएको खानेपानी समस्याको...

संसद्मा संयमता र धैर्यताका प्रस्तुत होऔँ : नेता लेखक

संसद्मा संयमता र धैर्यताका प्रस्तुत होऔँ : नेता लेखक

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्मा कुनै...

नायिका रेखा थापालाई पुत्री लाभ

नायिका रेखा थापालाई पुत्री लाभ

काठमाडौ । नायिका रेखा थापालाई पुत्री लाभ भएको छ ।...

मन्त्री गुरुङ भन्छन्-कानुन निर्माण सरकारको उच्च प्राथमिकतामा छ

मन्त्री गुरुङ भन्छन्-कानुन निर्माण सरकारको उच्च प्राथमिकतामा छ

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्घीयता...

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तीनै तहको समन्वय आवश्यक : मुख्यमन्त्री यादव

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तीनै तहको समन्वय आवश्यक : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले वैदेशिक रोजगारीलाई...