back

दोहलुका किसानलाई सिमल तरुल बेच्न भ्याइनभ्याई

वि.सं.२०७३ पुस २९ शुक्रवार

681 

shares

२९ पुस,पथरी (मोरङ)। मोरङको पथरीशनिश्चरे–१२ का धनबहादुर तामाङलाई माघे सङ्क्रान्ति आउनै लाग्दा सिमल तरुल बेच्न भ्याइनभ्याई छ ।

सिँचाइ नहुने एक बिघा पाखोबारी लिजमा लिएर व्यावसायिक रुपमा सिमल तरुलको खेती लगाउनुभएको छ । उहाँका अनुसार माघे सङ्क्रान्तिमा तरुलको माग थेग्न नसक्ने हुन्छ ।

तरुलको उच्च माग हुने बेलामा आफ्नो उत्पादन सकिने उहाँको भनाइ छ । चार वर्षयता निरन्तर तरुल खेती गरिरहेका भण्डारीले खेती लगाएको पहिलो वर्ष (२०७०) साल मा रु एक लाख ५५ हजारको तरुल बिक्री गरेको बताउनुभयो ।

२०७१ सालमा हौसिएर व्यवसायमा लाग्नुभएका तामाङले सो वर्षमा रु एक लाख ६५ हजार हात पार्नुभयो । २०७२ मा उत्पादन अलि घट्यो । माग बढेपनि मूल्य चार वर्षयता स्थिर छ । उहाँ भन्नुहुन्छ, “गत वर्ष ९१ क्विन्टल सिमल तरुल उत्पादन भएछ । बजारबाट ट्याक्टर आएर प्रतिकेजी रु १५ का दरले आफ्नै बारीबाट तरुल किनिदिएपछि उहाँले खर्च कटाएर रु एक लाख आम्दानी गर्नुभयो ।

अर्काको जग्गा लिजमा लिएर खेती गर्दै आएका तामाङ जग्गाको वार्षिक रु २६ हजार भाडा तिनुहुन्छ । विगत वर्षमा त्यही जग्गामा लगाएको कोदो, फापर र रहर दालले तामाङलाई वर्षभरि खाने अन्न जोहो गर्न धौधौ हुने गथ्र्याे ।

तर, तरुल खेती गर्न थालेपछि आफ्ना दिन फेरिएको उहाँको भनाइ छ । निर्वाहमुखी खेतीबाट व्यावसायिक खेतीमा प्रवेश गरेयता तामाङले सिमल तरुल बेचेर सय मन धान किन्ने रकम जम्मा गर्न थाल्नुभएको छ । तामाङ भन्नुहुन्छ–“धान नफल्ने खेतमा पनि उत्पादन हुने बालीको पहिचान गर्न जान्दा धानबाट भन्दा बढी आम्दानी लिन सकिने रहेछ ।”

“पहिले पहिले आफैँलाई खानका लागि मात्र लगाइन्थ्यो, तर बजारको माग उच्च भएपछि व्यावसायिक खेती सुरु गरेको हुँ”, उहाँले भन्नुभयो । साबिक शनिश्चरे गाविसको दोहुलु क्षेत्रमा सिंचाइँको सुविधा छैन, पानी आकासकै भरमा मात्र । त्यसैले सिँचाइबिना पनि उत्पादन गर्न सकिने नगदेबाली लगाएको तामाङको भनाइ छ ।

तामाङले विगत चार वर्षदेखि सिमल तरुलको खेती गर्दै आउनुभएको हो । तर सबै बाली चुस्स चुस्स लगाउँदा काम गर्न पनि गाह्रो र आम्दानी लिन पनि कठिन भएपछि उहाँले गत वर्षदेखि ‘एक किसान एक बाली’ अभियानमा लाग्नुभएको हो ।

तामाङले पाखोबारीमा सिमल तरुल खेती गरेर राम्रो आम्दानी गरेको देखेपछि शुक्रबारे गाउँका हुकुमबहादुर थापाले चार कट्ठा जग्गामा सिमल तरुल खेती सुरु गर्नुभएको छ ।

पाँच÷सात वर्षअघिसम्म गरिब दुःखीले छाक टार्न र खाजा खान प्रयोग हुँदै आएको सिमल तरुलको काठमाडौँ, पोखरा लगायतका बजारबाट माग उच्च हुन थालेपछि पथरीशनिश्चरे–१२ दोहलु र शुक्रबारेका करिब डेढसय किसानले अहिले सिमल तरुलको व्यावसायिक खेती सुरु गरेका हुन् । रासस

वि.सं.२०७३ पुस २९ शुक्रवार ०६:१० मा प्रकाशित

Himalayan Life AD
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग...

आज अन्तरराष्ट्रिय पर्वत दिवस

आज अन्तरराष्ट्रिय पर्वत दिवस

काठमाडौँ । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव,...

लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण

लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण

सिरहा । अन्तरराष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासले लहान नगरपालिकालाई पाँच थान...

ताथलीगढी र हलालगाउँ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

ताथलीगढी र हलालगाउँ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

भादगाउँ । चाँगुनारायण नगरपालिका–९ ताथलीमा अवस्थित ताथली गढी र मनमोहक...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर...