back
CTIZAN AD

अभिनेत्री तृप्ति नाडकरका छोरा नेपाली फिल्म खेल्दै

वि.सं.२०७७ मंसिर १६ मंगलवार

1.1K 

shares

काठमाडौँ । एक समयकी लोकप्रिय अभिनेत्री तृप्ति नाडकरका छोरा धिरज टोटलानीले नेपाली फिल्म खेल्ने भएका छन् ।

उनी सुरेन्द्र पौडेलको निर्देशन रहने फिल्ममा खेल्ने भएका हुन् । फिल्ममा उनीसँगै अदिती बुढाथोकी र गायक नितेशजंग कुँवरको पनि अभिनय रहनेछ । कोरोना महामारीका कारण रोकिएको सुरेन्द्रको फिल्मको काम स्थिति अनुकुल हुनासाथ सुरु बताइएको छ ।

भारतीय अभिनेता अनुपम खेरको एक्टर प्रिपेयर्सु बाट अभिनय प्रशिक्षण लिएका धिरजले केहि शर्ट फिल्म र विज्ञापनमा काम गरिसकेका छन् । हाल मुम्बईमै रहेका धिरज छिट्टै नेपाल आउँदै छन् ।

‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘सम्झना’ जस्ता थुप्रै सफल नेपाली फिल्ममा अभिनय गरेकी तृप्ति हाल आफ्नो परिवारसँगै भारतमा बस्दै आएकी छिन् ।

वि.सं.२०७७ मंसिर १६ मंगलवार १२:०८ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...