back

सुरक्षा थ्रेट देखाउँदै धुम्बाराही जान मानेनन् ओली

वि.सं.२०७७ मंसिर १६ मंगलवार

150 

shares
NTC AD
Global IME AD

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सुरक्षा थ्रेट देखाउँदै धुम्बाराही जान अस्वीकार गरेसँगै सचिवायल बैठकको स्थान परिवर्तन भएको छ । ओलीले सुरक्षा कारण देखाएसँगै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सारिएको हो ।

यसअघि शनिबार बसेको सचिवालय बैठकले आज बस्ने सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय गरेको थियो । तर, मंगलबार पार्टी महासचिव विष्णु पौडेलले सचिवालयका सदस्यलाई प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी गरेका थिए ।

आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबारको बैठकमा पेस गरेको प्रस्तावमाथि छलफल हुनेछ । गत कात्तिक २८ मा बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावमाथि ओलीले जवाफी प्रस्ताव पेश गरेका थिए ।

जुन प्रस्तावमाथि यसअघि नबोलेका सचिवालय सदस्यले भनाई राख्नेछन् भने प्रचण्डले केही गम्भिर प्रकृतिका प्रश्नमाथि जवाफ दिनेछन् । प्रचण्ड निकट स्रोतले जनाएअनुसार बैठकमा मुख्यतः द्वन्द्वकालीन घटनासँग सम्बन्धित विषयमा ओलीले लगाएको आक्षेपमा प्रचण्डले जवाफ दिने तयारी गरेका छन् ।

गत कात्तिक २८ मा प्रचण्डले बहुमत सचिवालय सदस्यको सहमतीसहित प्रस्ताव पेश गरेका थिए । तर, शनिबारको बैठकमा ओलीले भने प्रचण्डलाई मात्रै आरोप लगाउँदै जवाफी प्रस्ताव अघि सारेका थिए ।

वि.सं.२०७७ मंसिर १६ मंगलवार १२:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध...

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौं महानगरमा भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा...

नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति गर्न सकिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति गर्न सकिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै...

आजदेखि झुलाघाट नाका बन्द

आजदेखि झुलाघाट नाका बन्द

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द...