back
CTIZAN AD

सुरक्षा थ्रेट देखाउँदै धुम्बाराही जान मानेनन् ओली

वि.सं.२०७७ मंसिर १६ मंगलवार

807 

shares

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सुरक्षा थ्रेट देखाउँदै धुम्बाराही जान अस्वीकार गरेसँगै सचिवायल बैठकको स्थान परिवर्तन भएको छ । ओलीले सुरक्षा कारण देखाएसँगै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सारिएको हो ।

यसअघि शनिबार बसेको सचिवालय बैठकले आज बस्ने सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय गरेको थियो । तर, मंगलबार पार्टी महासचिव विष्णु पौडेलले सचिवालयका सदस्यलाई प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी गरेका थिए ।

आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबारको बैठकमा पेस गरेको प्रस्तावमाथि छलफल हुनेछ । गत कात्तिक २८ मा बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावमाथि ओलीले जवाफी प्रस्ताव पेश गरेका थिए ।

जुन प्रस्तावमाथि यसअघि नबोलेका सचिवालय सदस्यले भनाई राख्नेछन् भने प्रचण्डले केही गम्भिर प्रकृतिका प्रश्नमाथि जवाफ दिनेछन् । प्रचण्ड निकट स्रोतले जनाएअनुसार बैठकमा मुख्यतः द्वन्द्वकालीन घटनासँग सम्बन्धित विषयमा ओलीले लगाएको आक्षेपमा प्रचण्डले जवाफ दिने तयारी गरेका छन् ।

गत कात्तिक २८ मा प्रचण्डले बहुमत सचिवालय सदस्यको सहमतीसहित प्रस्ताव पेश गरेका थिए । तर, शनिबारको बैठकमा ओलीले भने प्रचण्डलाई मात्रै आरोप लगाउँदै जवाफी प्रस्ताव अघि सारेका थिए ।

वि.सं.२०७७ मंसिर १६ मंगलवार १२:१३ मा प्रकाशित

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...