
१६ मंसिर, काठमाडौं । आवशेक मापदण्डको अभावले नेपालका ए डिभिजन फुटबल क्लबले एएफसीको क्लब लाइसेन्स पाउन असफल भए । हाल नेपालका १३ क्लब ए डिभिजन प्रतियोगितामा सहभागि हुदै आएका छन् ।
नेपालका १३ ए डिभिजन क्लबले क्लब लाइसेन्सका लागि एएफसीमा आवेदन दिएकोमा उक्त आवेदन अस्वीकार भएकाे छ । क्लब लाइसेन्सका लागि नेपाली क्लबहरु अयोग्य भएसँगै २०२१ मा एएफसीले आयोजना गर्ने फुटबल प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्न पाउने छैनन् ।
एएफसीको क्लब लाइसेन्स हेर्ने बडि एएफसी फस्ट इन्स्ट्यान्ट बडी (एफआईबी) ले तय गरेको मापदण्ड भित्र नेपाली क्लबहरु नपर्दा यो समश्या देखा परेको हो । नेपालका १३ क्लबहरुलाई एन्फाले गलत तरिकाले क्लब लाइसेन्स दिएको भन्दै जरिवाना समेत परेको थियो ।
क्लब लाइसेन्सका लागि विशेष गरि क्लबको आफ्नै रंगशाला, युवा टोली, एकेडेमी, खेलाडीको होस्टल, प्रशिक्षण गर्ने स्थान, खेलाडी, प्रशिक्षक र अफिसियलहरु अनुबन्ध लगायतका प्रक्रियाहरु पुरा गर्न पर्ने हुन्छ ।
तर नेपाली क्लबको हालको अवस्था ती मापदण्डहरुसँग मेल खाने नभएकाले लाइसेन्स पाउन सकेनन् । त्यस्तै क्लबको वार्षिक बजेट, अडिट रिपोर्ट र कर चुक्ताको प्रमाणपत्र समेत आवश्यक पर्ने हुन्छ ।