back
CTIZAN AD

एएफसीको लाइसेन्स पाउनबाट चुके नेपालका ए डिभिजन क्लब

वि.सं.२०७७ मंसिर १६ मंगलवार

675 

shares

१६ मंसिर, काठमाडौं । आवशेक मापदण्डको अभावले नेपालका ए डिभिजन फुटबल क्लबले एएफसीको क्लब लाइसेन्स पाउन असफल भए । हाल नेपालका १३ क्लब ए डिभिजन प्रतियोगितामा सहभागि हुदै आएका छन् ।

नेपालका १३ ए डिभिजन क्लबले क्लब लाइसेन्सका लागि एएफसीमा आवेदन दिएकोमा उक्त आवेदन अस्वीकार भएकाे छ । क्लब लाइसेन्सका लागि नेपाली क्लबहरु अयोग्य भएसँगै २०२१ मा एएफसीले आयोजना गर्ने फुटबल प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्न पाउने छैनन् ।

एएफसीको क्लब लाइसेन्स हेर्ने बडि एएफसी फस्ट इन्स्ट्यान्ट बडी (एफआईबी) ले तय गरेको मापदण्ड भित्र नेपाली क्लबहरु नपर्दा यो समश्या देखा परेको हो । नेपालका १३ क्लबहरुलाई एन्फाले गलत तरिकाले क्लब लाइसेन्स दिएको भन्दै जरिवाना समेत परेको थियो ।

क्लब लाइसेन्सका लागि विशेष गरि क्लबको आफ्नै रंगशाला, युवा टोली, एकेडेमी, खेलाडीको होस्टल, प्रशिक्षण गर्ने स्थान, खेलाडी, प्रशिक्षक र अफिसियलहरु अनुबन्ध लगायतका प्रक्रियाहरु पुरा गर्न पर्ने हुन्छ ।

तर नेपाली क्लबको हालको अवस्था ती मापदण्डहरुसँग मेल खाने नभएकाले लाइसेन्स पाउन सकेनन् । त्यस्तै क्लबको वार्षिक बजेट, अडिट रिपोर्ट र कर चुक्ताको प्रमाणपत्र समेत आवश्यक पर्ने हुन्छ ।

वि.सं.२०७७ मंसिर १६ मंगलवार १२:२७ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...