back
CTIZAN AD

च्याम्पियन्स लिग: रियल म्याड्रिड शख्तरसँग पराजित

वि.सं.२०७७ मंसिर १७ बुधवार

735 

shares

१७ मंसिर, काठमाडौं । तेह्र पटकको च्याम्पियन्स लिग बिजेता स्पेनिस क्लब रियल म्याड्रिड पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियल युक्रेनी क्लब शख्तर् डोनेट्स्कसंग २-० ले पराजित भएको हो।

समूह चरणको दुबै खेलमा शख्तरसँग हार व्यहोरेको रियलका लागि दोस्रो चरण प्रवेश कठिन बनेको छ । शख्तरकाे जितमा डेन्टिन्होले ५७औं र मानोर सोलोमनले ८२औं मिनेटमा गोल गरेका थिए । जितपछि साख्तरको ५ खेलबाट ७ अंक सहित दोस्रो स्थानमा छभने समान खेलबाट समान अंक जोडेको रियन गोलअन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ ।

समुह बी बाट हालसम्म कुनै पनि क्लबले दोस्रो चरण प्रवेश पाएको छैन् । दोस्रो चरण प्रवेशका लागि रियल र इन्टरलाई जितले मात्र पुग्ने अवस्था छैन उनीहरुकाे सम्भावना समुहकाे दोस्रो टिमको खेलमा  निर्भर रहने छन् ।

बार्यन र एट्लेटिको बिचको खेल बराबरीमा

समूह ए अन्तरगत रहेको जमर्न क्लब बार्यन म्युनिख र स्पानिस क्लब एट्लेटिको मड्रिडल बिचको खेल १-१ को बराबरीमा राेकिएकाे  छ । बार्यनले यसअधिनै दोस्रो चरण प्रवेश पाई सकेको छभने एट्लेटिको लागि अन्तिम खेल बराबरी वा जित निकाल्नु पर्ने बध्यता छ।

घरेलु मैदानमा जाओ फेलिक्सले २६औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको एट्लेटिकोले खेलको दोस्रो हाफको ८६औं मिनेटमा पेनाल्टीमा गोल खादा बराबरीमा रोकिन पुग्यो । बराबरी पछि बार्यनको ५ खेलबाट १३ अंकसहित समूह ए को शीर्ष स्थानमा रहदै दोस्रो चरण प्रवेश पाएको छ । समान खेलबाट ६ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ ।

वि.सं.२०७७ मंसिर १७ बुधवार ११:१५ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...