
१७ मंसिर, काठमाडौं । प्रभु बैंकले देशभरका २२ स्थानमा रहेको जग्गा लिलामीमा लैजाने भएको छ । बैंकले आफ्नो स्वामित्वको गैर बैंकिङ सम्पत्तिलाई लिलामीमा लैजान लागेको हो ।
बैंकले पूर्वमा झापाको भद्रपुरदेखि, सुनसुरी, भरतपुर, धादिङ तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका जग्गाहरुलाई शिलबन्दी बोलपत्रमार्फत् लिलामी गर्न लागेको हो ।
उक्त्त लिलामीमा सहभागी हुन चाहने ग्राहकले १ हजारको फाराम र आफूले कबोल गरेको मूल्यको १० प्रतिशत रकम बराबर धरौटी बुझाएर मंसिर २२ भित्र बैंकको केन्द्रीय कार्यालयमा बोलपत्र पेश गर्नुपर्ने उल्लेख बैंकले गरेको छ । यो बोलपत्र मंसिर २३ मा बैंकको केन्द्रीय कार्यालयस्थित कर्जा असुली विभागमा खोलिनेछ ।
बैकले प्रकाशन गरेको सुचना यस्तो छ :