काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको लोगो र छाप प्रयोग गरि प्रतिवेदन छापेको प्रति अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । उनले नेकपा सचिवालय बैठकमा पार्टीको लोगो र केन्द्रीय कार्यालयको नाम प्रयोग गर्ने अधिकार प्रचण्डलाई नभएको भन्दै आपत्ति जनाएका हुन् ।
ओलीले प्रचण्डलाई के पार्टी कब्जा भईसकेको भन्ने प्रश्न पनि गरेका छन् । ‘एउटा प्रस्ताव नामको झूठको पुलिन्दा देशव्यापी वितरण गर्ने, त्यो पुलिन्दा पार्टीको नाममा छाप्ने, लोगो प्रयोग गरेर छाप्ने, केन्द्रीय कार्यालयको नाममा छाप्ने अधिकार तपाईलाई कहाँबाट प्राप्त भयो ?’, ओलीको प्रश्न छ, ‘यो व्यक्तिगत पार्टी हो ? निजी पार्टी हो यो ? अधिकार कहाँबाट प्राप्त भयो ? कि पार्टी कब्जा भइसक्यो ?’
उनले प्रचण्डको नामबाट प्रकाशन तथा वितरण भएको प्रतिवेदनमाथि प्रश्न गर्दै प्रकाशन तथा वितरण गर्ने निर्णय कहिले भएको भनि प्रश्न गरेका छन् । प्रकाशन तथा वितरण गर्ने इजाजत कसले दियो भनी ओलीले प्रश्न उठाएका छन् ।
सचिवालय बैठकमा उनले भनेका छन्, ‘पार्टीका नामबाट र पार्टीको दस्तावेज भनेर त्यो कसरी गयो र पार्टीले प्रकाशन र प्रशारण गर्ने निर्णय कहिले गर्यो ? वितरण गर्ने निर्णय कहिले गर्यो ? पार्टीको लोगो प्रयोग गरेर कार्यालयबाट प्रकाशन गर्ने निणर्य कहिले गर्यो ? इजाजत कहिले दियो पार्टीलेरु यति हदसम्मको बेथिति गर्ने ? ’
ओलीले गत मंसिर १३ मा बसेको सचिवालय बैठकमा गरेको सम्बोधनको पूर्णं पाठ संसार न्यूज डटकमले प्राप्त गरेको छ । जहाँ उनले प्रचण्डसहितका नेताहरुमाथि आक्रामक प्रश्नहरु गरेका छन् ।
यस्तो छ सम्बोधनको पूर्णंपाठ
वि.सं.२०७७ मंसिर १७ बुधवार १२:२६ मा प्रकाशित






























