back
CTIZAN AD

कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

वि.सं.२०७७ मंसिर १७ बुधवार

930 

shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँ पुगेका पौडेललाई निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पौडेल स्वंयले आफुँ प्रहरी हिरासतमा रहेको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन् । उनले प्रहरीले सर्वसाधारण र नेपाली कांग्रेसका कार्यकर्तामाथि दमन गरेको बताएका छन् ।

‘भर्खर प्रहरी परिचालन गरि मलाईसमेत हिरासतमा लिएको जानकारी दिन्छु’, पौडेलले ट्विटमार्फत भनेका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस् !’


पौडेल आफ्नो निर्वाचन क्षेत्रस्थित एक पुलको उद्घाटन गर्न तनहुँ पुगेका थिए । पुल उद्घाटनकै विषयमा सत्तारुढ नेकपाको युवा संघ र नेपाली कांग्रेसबीच विवाद चर्किएपछि जिल्ला प्रशासन, तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

उक्त निषेधाज्ञाका बीच प्रर्दशन गर्दै पुल उद्घाटन गर्न खोजेपछि प्रहरीले पौडलसहित कांग्रेसका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

वि.सं.२०७७ मंसिर १७ बुधवार १५:३७ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...