back
CTIZAN AD

अयोध्याधामको गुरुयोजना सम्पन्न भई डिपिआर बन्दै

वि.सं.२०७७ मंसिर १७ बुधवार

705 

shares

१७ मंसिर, काठमाडौं। माडी नगरपालिका–९ कृष्णनगर पार्कमा अयोध्याधाम निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयारीको काम अन्तिमचरणमा पुगेको छ। माडी स्थित १०० बिघाह जमिन धामका नाममा हस्तान्तरण गर्न नगरपालिकाले निर्णय गरेर प्रधानमन्त्रीको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय पठाइएको छ ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार गुरुयोजना सम्पन्न भई डिपिआर अन्तिम चरणमा पुगेको छ । डिपिआर बनेसँगै राममन्दिर निर्माण गर्न थालिने छ । उनने भने, “अर्को वर्षको चैतको नवमीमा मूर्ति स्थापना गर्ने गरी बोलपत्र आह्वान गर्दैछौँ ।” धाममा आकर्षक रामको मन्दिरसँगै विभिन्न खालका धर्मशाला, अयोध्यामा दशरथले राज्य सञ्चालन गरेको दरबार, घोडा बाँध्ने गरेको तबला, उद्यान, बसपार्कलगायत विभिन्न संरचना बन्ने छन् ।

ढकालले सबै काम सम्पन्न गर्न रु एक अर्ब भन्दा बढी खर्च हुनेगरी डिपिआर बन्दै गरेको जानकारी दिए । ठूलो ठाउँ भएकाले विभिन्न रुपमा सबै ठाउँलाई बहुउपयोगी बनाउने गरी काम गरिँदै छ । अयोध्याधाम निर्माणका लागि नगरपालिकाले अयोध्या खोज तथा अनुसन्धान समिति समेत निर्माण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको थियो । यससँगै अयोध्यापुरीमा अयोध्याधाम निर्माणका लागि काम अघि बढेको हो । रासस

वि.सं.२०७७ मंसिर १७ बुधवार १६:३४ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...