back
CTIZAN AD

विप्लवका नेता प्रेम दर्नालमाथि प्रहरी हिरासतमा चरम यातना, मानवअधिकार आयोगले पनि वेवास्ता गरेको परिवारको दुःखेसो

वि.सं.२०७७ मंसिर १८ बिहीवार

756 

shares

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेकपाका नेता प्रेम दर्नालमाथि प्रहरी हिरासतमा चरम यातना दिइएको खुलासा भएको छ । पारिवारिक स्रोतले जनाएअनुसार प्रहरी हिरासतमा रहेका दर्नाललाई कुट्ने, पिट्ने, शरिरका विभिन्न भाग भाँच्ने काम निरन्तर भएको छ ।

जनाइएअनुसार उनको शरिरका सात वटा ठाउँमा फ्याक्चर भएका छन् । घाईते दर्नाललाई विभिन्न बाहानामा उपचारसमेत गर्न नदिइएको पारिवारिक स्राेतले बताउँछ ।

यसैबीच दर्नालका परिवारले राष्ट्रिय मानवअधिकार आयोगमा दिएकाे निवेदन पनि सुनुवाई नभएकाे गुनासो गरेका छन् । दर्नालको जीवनरक्षाको लागि गरिएको निवेदनमाथि आयोगले कुनै वास्ता नगरेको पारिवारिक स्रोतको भनाई छ ।

दर्नाल विप्लव नेतृत्वको नेकपाको केन्द्रीय आर्थिक विभागका विशेष कमिटी इन्चार्ज हुन् । प्रहरीले गत मंसिर ५ मा दर्नाल र आर्थिक विभागका सेक्रेटरी सन्जिब नेपालीलाई ललितपुरबाट पक्राउ गरेको थियो ।

वि.सं.२०७७ मंसिर १८ बिहीवार १८:३७ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...