back
CTIZAN AD

नेप्सेमा अस्वभाविक उछाल, केको संकेत हो ?

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

651 

shares

पुँजीवादी अर्थव्यवस्थामा सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा हेर्ने गरिन्छ । सेयरको मूल्य बढ्यो भने त्यसले समग्र अर्थतन्त्र सकारात्मक दिशा तर्फ गैरहेको भन्ने बुझिन्छ भने सेयर बजार नकारात्मक हुँदा अर्थतन्त्र त्यति राम्रो अवस्थामा छैन भन्ने बुझिन्छ ।

पछिल्लो २ साता यताको नेपालको सेयर बजारलाई हेर्ने हो भने नेपालको अर्थतन्त्र निकै नै चलायमान र सकारात्मक छ भनेर भन्नुपर्ने हुन्छ । तर, अवस्था त्यस्तो भने छैन । विश्व अर्थतन्त्र कोरोना भाईरस (कोभिड–१९) को महामारीका कारण संकुचनमा छ । यसको सोझो असर नेपाल जस्तो सानो अथर्ततन्त्र भएको मूलुकमा नपर्ने कुरै भएन । यहाँका सरकारी निकायहरुले नै नेपालको अर्थतन्त्रमा झण्डै २ खर्बको क्षतिपुग्ने बताईसकेका छन् ।

यस्तो अवस्था कायमा रहँदा नेप्सेले भने ४ बर्ष अगाडीको आफ्नै रेकर्ड तोडेको छ । चार बर्ष अघि साउन महिनामा नेप्से १८८१ बिन्दुमा पुगेको थियो । नेप्सेको सूचकले मात्र रेकर्ड तोडिएको छैन करोबार रकम पनि हालसम्मकै उच्च भएको छ । साताको पहिलो दिन आईतबार करोबार रकम झण्डै ९ अर्ब २३ करोड पुगेको छ । यो रकम नेपालमा कुनै एउटा बाणीज्य बैंकको चुक्ता पुँजी भन्दा १ अर्ब २३ करोड रुपैंयाले नै बढी हो । एकै दिनमा यति धेरै रकम बराबरको कारोबार हुनु निकै नै चिन्तको बिषय भएको सेयर बिश्लेषक हरुको भनाई छ ।

नियामक निकायसमेत सशंकित

सेयरबजार परिसूचक नेप्सेमा अस्वभाविक बृद्धि हुन थाले पछि नियामक निकाय धितो पत्र बोर्ड पनि झस्किएको छ । उसले त विज्ञप्ति नै जारी गरेर सचेतता पूर्वक लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरेको छ । त्यति मात्र होईन उसले छनबिन समिति नै गठन गर्यो र सो छानबिन समितिले अस्वभाबिक गतिबिधि भएको निस्कर्षसमेत निकालेको छ । बोर्डले राष्ट्र बैंकलाई समेत छानबिनको लागि आग्रह गरेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिएका छन् ।

‘सेयर बजारमा समान्य कर्नरिङ त हुन्छ’ प्रबक्ता गिरीले भने ‘यस्तो संकटको बेला एकै दिनमा यति धेरै रुपैयाँको कारोबार हुनु चाहिं संकास्पद नै छ ।’

अर्थशास्त्रको सिद्धान्त बिपरित

अर्थशास्त्रमा एउटा सिद्धान्त हुन्छ । सामान्यतया माग बढ्याे भने स्वभाबिक रुपले मूल्य पनि बढ्छ र मग घट्याे भने मूल्य पनि घट्दछ। त्यस्तै पूर्ति बढ्याे भने पनि मूल्य घट्न थाल्दछ पूर्ति घट्याे भने मूल्य पनि बढ्दछ ।  सेयर बजारमा भने मागकाे साथसाथै पूर्तिको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ ।अर्थशास्तकाे यो सिद्धान्त सबै पिरस्थितिहरू सामान्य रहेको बेलामा मात्र लागू हुन्छ । तर नेपालको अहिलेको सेयर बजारको अबस्थाले माग र पूर्तिका बिच नै असन्तुलन पैदा गरेको छ । माग र पूर्तिका बिचमा असन्तुलन पैदा भए पछि यसको सोझो असर मूल्यमा समेत परेको बिश्लेषकहरुको भनाई छ ।

राजनीतिक अस्थिरताको फाईदा दलालहरुलाई

सेयर बजारमा राजनीतिक अस्थिरताले पनि महत्त्वपूर्ण भूमिका निर्बाह गरेको हुन्छ । निबर्तमान अर्थमन्त्रि यूबराज खतिवडालाई बजारमा सेयर बिरोधि भनेर हल्ला चलाईएको थियो । उनको कार्यकालभरि परिसूचक त्यति धेरै बढेन ।

तर, वर्तमान अर्थमन्त्री विष्णु प्रसाद पौडेल भने बिबादित छबिका मानिस हुन् । बालुवाटार जग्गाकाण्डलगायतका ठाउँमा उनको नाम जोडिएको थिया भने उनी अर्थतन्त्रमा खासै जानकार नभएको कतिपयको बुझाई रहेको छ । उनलाई सेयर दलालहरुले सेयर बजार प्रति नरम अर्थमन्त्रीको रुपमा चित्रण गरेर प्रचार गरेका कारण पनि दलालहरुले यसैको फाईदा उठाउँदा परिसूचक उच्च अंकले बढेको हो ।

सेयर बजारको ट्रेण्ड

नेपालको सेयर बजार पुँजी बजारको मर्म बिपरित चल्ने गरेको बिश्लेषकहरुको भनाई छ । यहाँको सेयर बजारको ईतिहास हेर्ने हो भने जतिबेल बैंक तथा बित्तिय संस्थामा तरलता अत्यधिक मात्रामा बढ्ने गर्दछ त्यस बेला कर्जा तथा निक्षेपको ब्याज पनि घट्ने भएकोल लगानीकर्ताहरुले सेयरबजारमा लगानी गर्ने गरेका छन् ।

चार बर्ष अगाडी पनि यस्तै भएको थियो । त्यस बेला भुकम्प र भरतले लगाएको नाकाबन्दिका कारण मनिसहरुले बिलाशिताका बस्तुहरुको उपभोग गर्न कम गरेका थिए भने उत्पादनमूलक क्षेत्रमा समेत लगानीको वातावरण थिएन । त्यो बेला लगानीकर्ताहरुले बिकल्पको रुपमा सेयर बजारलाई रोजेका कारण यस्तो अबस्था अएको थियो ।

सेयर बजारमा अहिले ठ्याक्कै ४ बर्ष अगाडीको त्यो अबस्था देखापरेको छ । कोभिडका कारण व्यवसायमा लगानी गर्ने वाताबरण छैन भने बैंक तथा बित्तिय संस्थामा भने लगानी योग्य पुँजी थुप्रिएर अधिक तरलताको स्थिति देखिएको छ । यसले गर्दा निक्षेप तथा कर्जाको ब्याज घट्न थालेपछि यसको सोझो असर पुँजीबजारमा देखिएको हो ।

दोस्रो कुरा धेरै लगानीकर्ताहरु कुरै नबुझि सेयर बजारमा लगानी गर्दा पनि यो अबस्था सृजना भएको छ । हुन त चार बर्ष पहिले भन्दा अहिले सुचिकृत कम्पनीको संख्या बढेको छ । चार बर्ष पहिला सुचिकृत कम्पनीहरु पनि संख्यात्मक रुपमा थोरै थिए तर अहिले सुचिकृत कम्पनीको संख्या पनि बढेको छ । यति हुँदा हुँदै पनि सेयर मार्केटको यो उछाल भने स्वभाबि देखिंदैन ।

पुषसम्म सूचक बढ्ने देखिन्छ, त्यसपछि के हुन्छ ?

नेपालको कानुनी प्राबधान अनुसार पुषमसान्तसम्म कम्पनीहरुले साधारणसभा सम्पन्न गरिसक्नु पर्नेहुन्छ । साधारणसभा गरेपछि सुचिकृत कम्पनीहरुले नाफाको वितरण बोनस सेयरको रुपमा गर्ने तथा कतिपय कम्पनीहरुले पुँजी बृद्धिका लागि राईट सेयरसमेत जारी गर्ने हुँदा पनि लगानीकर्ताहरु त्यतातिर आकर्षित भएकाले तत्कालै कम्पनीहरुको मूल्य ओर्लने देखिंदैन ।

तर, साधारणसभा सकेर बोनस तथा राईट सेयर बाँडिसकेका कम्पनीहरुको मूल्यमा भने गिरावट हुन थालिसकेको छ । कम्पनीहरुले साधारण सभा गरिसकेपछि भने उल्लेख्य रुपमा सेयको मूल्य घट्नसक्ने कतिपय विश्लेषकहरुको भनाई छ ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १२:४३ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरमा कारको टायरमा गोली...

रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति...

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...