back
CTIZAN AD

मासुमा आत्मनिर्भर बन्यो तनहुँ

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

930 

shares

१९ मंसिर, तनहुँ । जिल्लामा मासु उत्पादन वर्षेनी बढ्दै गएको छ । गत आर्थिक वर्षमा चार हजार ५७५ मेट्रिक टन मासु उत्पादन भएकामा यस वर्ष चार हजार ६९४ मेट्रिक टन मासु उत्पादन भएको छ ।

गत वर्षका तुलनामा यस वर्ष ११९ मेट्रिक टन बढी मासु उत्पादन भएको भेटेनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । वार्षिक चार हजार ५२६ दशमलव ३८ मेट्रिक टन आवश्यक पर्ने जिल्ला उत्पादन वृद्धि भएपछि मासुमा आत्मनिर्भर बनेको छ । दूध र अण्डामा आत्मनिर्भर बनेर अन्य जिल्लामा निर्यात गर्न थालेको तनहुँ पछिल्लो समय मासुमा समेत आत्मनिर्भर बनी निर्यातसमेत गर्न थालेको छ । कृषकको आकर्षण माछामासु र पशुपक्षीपालनतर्पm बढेसँगै माछामासुमा जिल्ला सक्षम बन्न सकेको छ । केही समय पहिलासम्म माग पूरा गर्न नसक्दा व्यवसायीले छिमेकी राष्ट्रबाट खसीबोका ल्याउने गरे पनि अहिले उत्पादन बढेपछि आयात प्रायःशून्य भएको केन्द्रका सूचना अधिकारी डा शर्मिला कुमालले बताए ।

विदेश गएर फर्किएका युवा, सेवा निवृत्त सुरक्षाकर्मी तथा शिक्षक एवं कर्मचारीको पनि पशुपालनमा रुचि बढ्न थालेपछि मासु उत्पादनमा वृद्धि हुँदै गएको छ । कोभिड–१९ का कारण सरकारले केही महिना यत्रतत्र हिँड्डुल गर्न प्रतिबन्ध लगाएपछि फुर्सदका समयमा कतिपय मानिसले पशुपालन र तरकारी खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । नश्ल सुधार गरी उन्नत पशुपालनलाई प्रोत्साहन, उन्नतजातको घाँस खेतीमा विस्तार, व्यावसायिक फार्मको विस्तार, सहकार्यमा अनुदान वितरण जस्ता कार्यक्रम सञ्चालनमा आएपछि पशुपालनतर्फ कृषकको आकर्षण बढेको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले बताए।

पशुपालनमा व्यावसायिक कृषक बढेकाले खसी, बोका, राँगा खरीद गर्न सजिलो भएको दमौलीका मासु व्यवसायी बताउँछन् । गाउँबाट कृषकले बजारमा ल्याएर खसीबोका, कुखुरा, माछा,राँगोलगायत पशुपक्षी बिक्रीका लागि ल्याउन थालेपछि अन्य मुलुकको मुख ताक्न नपरेको झलक मासु पसलका सञ्चालक झलकबहादुर आले बताउछन् “पहिला पहिला मासुका लागि गाउँगाउँ घुम्नुपथ्र्यो” उनले भने, “अहिले त बिक्रीका लागि बिक्रेता पसलपसलमा आउन थालेपछि सहज भएको छ ।”

मासु प्रतिव्यक्ति प्रतिवर्ष १३ किलो आवश्यक पर्छ । उत्पादन भने १४ दशमल ६२ किलो रहेको कार्यालय प्रमुख डा श्रेष्ठले बताए । तनहुँ मासुमा आत्मनिर्भर भइसकेकाले अब अन्य जिल्लामा निर्यात गर्ने उद्देश्यले पशुपालन कृषकलाई प्रोत्साहन गर्न समयसमयमा तालीम, गोष्ठी, अनुदानलगायत कार्य गरिँदै आएको उनले जानकारी दिए। रासस

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १२:३५ मा प्रकाशित

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...