
१९ मंसिर, काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले ९८ औं शाखा सप्तरीको राजविराजमा संचालनमा ल्याएको छ । बैंकले बिहीबार उक्त नयाँ शाखाको उद्घाटन गरि औपचारिक कारोबारको शुभारम्भ गरेको छ।
बैंकको उक्त शाखाको औपचारिक उद्घाटन राजविराज नगरपालिकाका मेयर शम्भु यादव तथा बैँकका प्रादेशिक प्रमुख बाल कृष्ण श्रेष्ठद्धारा संयुक्त रुपमा गरेका हुन् । सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको बैंकले जनएको छ ।
साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । । राजविराज शाखा विस्तारसँगै बैंकको शाखा संख्या ९८ पुगेको छ । बैंकले ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।