१९ मंसिर काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघमा गाँजा सम्बन्धि भएको बहसमा यसलाई कडा प्रकृतिको लागु औषधीको सूचीबाट हटाउनु पर्ने पक्षमा आफ्नो मत राखेको छ । नेपालमा गाँजा फुकुवा सम्बन्धी बहसहरुले रुपलिदै गरेको अवस्थामा कडा प्रकृतिको लागु औषधीको सुचिमा राख्न नहुने पक्षमा उभिएको हो ।
नेपालसहित तीन दर्जन मुलुकले गाँजालाई कडा प्रकृतिको लागु औषधीको सुचिबाट हटाउन पर्ने पक्षमा आफ्नो मत राखेको थिए । राष्ट्रसंघको लागु औषधसम्बन्धी एक सेसनमा नेपाल गाँज कडा प्रकृतिको लागुऔषध नभएको पक्षमा उभिएको हो ।
नेपालमा पछिल्लो समयमा गाँजाको व्यापार र यसलाई औषधीजन्य व्यापारका लागि अनुमति दिनुपर्ने माग उठिरहेको छ । विषेश गरि नेकपा सम्बध शेरबहादुर तामाङ, केसव स्थापीत, विरोध खतिवडा लगाएतका नेताहरु गाँजालाई व्यवसायीकरण गर्नुदिनु पर्ने पक्षमा रहदै आएका छन् । हाल नेपालमा गाँजा सेवन वा यसको कारोबार प्रतिबन्धित छ ।
वि.सं.२०७७ मंसिर १९ शुक्रवार १४:३९ मा प्रकाशित






























