back
CTIZAN AD

खोटाङ विद्युत्भार कटौतीमुक्त

वि.सं.२०७३ माघ १ शनिवार

786 

shares

१ माघ, खोटाङ । जिल्लाबाट उत्पादन गरिएको एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावर शुक्रबार उद्घाटन गरिएको छ ।

दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवाखोलाबाट जलविद्युत् उत्पादन गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जलविद्युत्को उद्घाटन गर्दै उहाँले चाँडोभन्दा चाँडो चुनाव नगरिएमा संविधान कार्यान्वयन नहुने जिकिर गर्नुभयो ।

स्थानीय जनप्रतिनिधि नहुँदा गाउँ तथा नगरमा बर्सेनि विकासका लागि पठाइएको अरबौँ रकम दुरुपयोग हुने गरेको बताउँदै उहाँले अब चाँडोभन्दा चाँडो स्थानीय तहको चुनाव हुनुपर्छ भन्नुभयो ।

समुदाय, सानिमा बैंक र बैंक अफ काठमाडौँबाट व्यहोरिएको करिब रु २२ करोडको लागतमा हाइड्रोपावर सञ्चालनमा ल्याइएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताउनुभयो ।

 विद्युत्भार कटौतीको मार खेपिरहेका खोटाङवासी मेवाखोला हाइड्रोपावर सञ्चालन भएपछि हर्षित बनेका छन् । जिल्लामा २.५ मेगावाट विद्युत् खपत भइरहेकामा मेवा खोलाबाट उत्पादित एक मेगावाट विद्युत् थप भएपछि विद्यत्भार कटौती नहुने बताइएको छ ।

 जिल्लालाई विद्युत्भार कटौतीमुक्त बनाउने लक्ष्यका साथ साप्सु–कालिका हाइड्रोपावर कम्पनी प्रालि काठमाडौँको प्रवद्र्धनमा विसं २०७१ देखि हाइड्रोपावरको काम सुरु गरिएको थियो ।

 विसं २०७२ असोजमा बत्ती बाल्ने भनिएको हाइड्रोपावरको काम लगातार दुई पटक आएको बाढी, भूकम्प र भारतीय नाकाबन्दीका कारण वर्ष दिनपछि सञ्चालनमा ल्याउन सफल भएको आयोजना प्रमुख ललितकुमार राईले बताउनुभयो । गत मङ्सिर १५ गतेदेपखि परीक्षण प्रसारण गरिएको हाइड्रोपावर आज औपचारिक उद्घाटन गरिएको हो ।

 मेवाखोलाबाट उत्पादित विद्युत् बुइपामा रहेको केन्द्रीय विद्युत् प्रसारण लाइनको सबस्टेसनमा जोेडेर वितरण गर्ने व्यवस्था मिलाइएको छ । जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी क्षमताको मेवाखोला हाइड्रोपावर सार्वजनिक, निजी साझेदारी ढाँचामा सञ्चालन गरिएको हो ।

वि.सं.२०७३ माघ १ शनिवार ०२:५७ मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...