back
CTIZAN AD

एकैपटक तीन कृति विमोचित

वि.सं.२०७३ माघ १ शनिवार

837 

shares

काठमाडौँ । साहित्यकार बाबा बस्नेतका कवितासङ्ग्रह ‘युद्धको बाँसुरी’ र गीति एल्बम ‘बिहानी’ तथा सरला शर्माको संस्मरणात्मक कृति ‘स्मृतिका छालहरू’   शुक्रबार (पुस २९) का दिन विमोचन गरिएको छ ।

 नेपाल देशभक्त गणतान्त्रिक मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ती कृति विमोचन गर्दै साहित्यबाट प्रेरित नभएको राजनीति र राजनीतिक उद्देश्य कत्ति पनि नभएको साहित्य लङ्गडो हुने विचार व्यक्त गर्नुभयो ।

 उहाँले माओवादी आन्दोलनको आदर्शलाई आत्मसात् गर्नेहरू मात्र निरन्तर आन्दोलनमा रहेको धारणा व्यक्त गर्दै केही पाउँछु र लिन्छु भन्ने स्वार्थले आन्दोलनमा प्रवेश गरेका व्यक्ति पछि बिस्तारै बाहिरिँदै गएको बताउनुभयो ।

 कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले राजनीति अघि बढाउन कलासाहित्यको भूमिका महत्वपूर्ण रहेको औँल्याउनुभयो ।

 कार्यक्रममा मञ्चका महासचिव राजु आचार्य, कवि प्रथालगायतले साहित्यले समाजको समसामयिक वस्तुस्थितिको अवगत गराउनाका समाजमा विद्यमान विकृति उजागर गर्न मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा समाजका विविध क्षेत्रमा योगदान पु¥याएबापत नवीन जोशी, जयबहादुर चन्द, अस्मिता सुमार्गी, तेजेन्द्र खड्का, सुनिल कटुवाल, अनिल ढुङ्गाना, उत्तमकुमार परियार र जितबहादुर विकलाई सम्मान गरिएको थियो ।

 त्यस्तै समाज रुपान्तरणका लागि माओवादी केन्द्र्रसँग आबद्ध रही साहित्य, कला र पत्रकारिताका क्षेत्रबाट योगदान गर्ने करिब २५ नारी व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।

वि.सं.२०७३ माघ १ शनिवार ०२:५१ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...