२० मंसिर, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको चौधौं वार्षिक साधारण सभा आज (मंसिर २० गते, शनिबार) हुँदैछ ।
बैंकको कार्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयबमोजिम बैंकको चौधौं वार्षिक साधारण सभा बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्ग, काठमाडौँमा बिहान ११ बजेदेखि डिजिटल माध्यमबाट सञ्चालन हुने बैंकले जनाएको छ ।
बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई ११ प्रतिशत लाभांश दिने भएको छ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई ८ प्रतिशतका दरले हुन आउने बोनस शेयर र ३ प्रतिशतका दरले हुन आउने नगद लाभांश (कर समेत) वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गरेको थियो । त्यसैले, मंसिर १० गते, बुधबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
वि.सं.२०७७ मंसिर २० शनिवार १२:०७ मा प्रकाशित





























