back
CTIZAN AD

संस्थागत सुत्केरी गराउनेलाई प्रोत्साहन स्वरुप तीन हजार भत्ता

वि.सं.२०७७ मंसिर २० शनिवार

693 

shares

२० मंसिर, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन हजार रकम वितरण गर्न थालेको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने ३० महिलालाई रु तीन हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको हो ।

गाउँपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर सुत्केरी महिलालाई प्रोत्साहन रकम वितरण गरेको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिए । “सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा खरिद गर्न सहयोग होस् भनेर चालु आवको नीति तथा कार्यक्रममा नै यसलाई समेटेका थियौँ, सोही बमोजिम ३० जना सुत्केरीलाई प्रोत्साहन रकम वितरण गरेका छौँ,” रानाले भने ।

म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले विभिन्न वडाका ३० महिलाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराएका छन् । घरमा हुने सुत्केरीलाई शुन्यमा लैजाने गाउँपालिकाको उद्देश्य रहेको घिमिरेले बताए । “अझै पनि धेरै महिलाहरुले घरमै सुत्केरी गराउने गरेका छन्, यसले जोखिम बढाउँछ,” उनले भने, “स्वास्थ्य संस्थामा सुत्केरी गराए सुरक्षित हुने भएकाले यसबारेमा पनि सचेत गराएका छौँ ।”

यसैबीच म्याग्दे गाउँपालिका–२ मा कोभिड अस्पताल सञ्चालनमा आएको छ । हालै मात्र निर्माण सम्पन्न भएको जामुने स्वास्थ्यचौकीको भवनलाई कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयको करिब रु दुई करोडको लगानीमा भवन निर्माण गरिएको थियो । भवनमा कोभिड अस्पताल सञ्चालनका लागि सरकारले रु १० लाख उपलब्ध गराएको छ । रासस

वि.सं.२०७७ मंसिर २० शनिवार १२:२२ मा प्रकाशित

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...