२१ मङ्सिर, सुर्खेत । अर्काको नाममा परीक्षा दिने शाह पक्राउ शाह पक्राउ परेका छन् ।
वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोक सेवा आयोगको कार्यालयबाट हुम्ला सर्केघाट गाउँपालिका–४ बस्ने २३ वर्षीय राम जंग शाहीको नाममा प्राविधिक प्रहरी जवानतर्फको परीक्षा दिइरहेको अवस्थामा हुम्ला सर्केघाट गाउँपालिका–४ बस्ने २२ वर्षीय राम शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले राम जंग शाहीको नाममा राम शाहीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
वि.सं.२०७७ मंसिर २१ आइतवार १२:३२ मा प्रकाशित






























